भारतीय नागरिक र दाजुभाईबाटै बलात्कृत , ४ जना हिरासतमा

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / आफ्नै दाजुबाट बलात्कृत भएका दुई किशोरीको बयानका आधारमा चार जनालाई प्रहरीले हिरासतमा लिएको छ ।ललितपुरको बुथाथोकी गाउँ निवासी दुई किशोरी आफ्नै दाजु र भाईबाट बलात्कृत भएका हुन ।

एउटै घरमा बस्ने भारतीय नागरिकले शुरुमा बलात्कार गरेको र पछि आफ्नै दाईले बलात्कार गरेको किशोरीले बताएकी छिन् । सोही घरमा नै अर्की किशोरीलाई भने भाईले बलात्कार गरेका छन् । सीता र गीतालाई बलात्कार गरेको आरोपमा यतिबेला उनीहरुका दाजुभाइसँगै ४ जना महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् ।

उनीहरु एउटै घरका दुइ वटा तलमा बेग्लाबेग्लै कोठा भाडामा लिएर बसेका थिए । सोही घरमा पेन्टरको काम गर्दै आएका ३७ वर्षीय भारतीय नागरिकले बलात्कार गरेको हो । निज मण्डलले ८ वर्षकी गीतालाई ३० रुपैयाँ र १६ वर्षकी सीतालाई ५० रुपैयाँ दिएर शुरुमा एकै पटक बलात्कार गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए ।

प्रहरीलाई उनीहरु बस्दै आएको घरबेटीले घटनाबारे जानकारी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।१६ वर्षीया सीताले घटनाबारे घरबेटीलाई बताएकी थिइन । घटनाबारे परिवारलाई थाहा भएपछि गीता र सीताले प्रहरीमा उनीहरु चारैजना विरुद्ध जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

सोही आधारमा चारैजना भदौ ७ गते साँझ आफ्नै डेराबाट पक्राउ परेका हुन् । पक्राउ परेका चारैजना माथि जबर्जस्ती करणी मुद्दामा आज जिल्ला अदालत ललितपुरमा म्याद थप हुने प्रहरीले जनाएको छ ।

विगत केही महिना यता मण्डलले कहिले २० त कहिले ३० रुपैयाँ दिएर फकाउँदै उनीहरुमाथि यौनशोषण गर्दै आएका थिए । एसएसपी धानुकले भने, ‘मण्डलले छुट्टै बोलाएर पनि उनीहरुमाथि यौनशोषण गर्दै आएको पाइएको छ ।’ घरमा कोही नभएको मौकामा मण्डल उनीहरुको कोठामा जाने र फकाउँदै शोषण गर्ने गरेको एसएसपी धानुकको भनाइ छ ।

मण्डलसँगै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अन्य २ जनामा सीताका भाइ र गीताको दाइ रहेका छन् । प्रहरीका अनुसार १६ वर्ष टेकेका भाइले सीतालाई पटक–पटक यौनशोषण गर्दै आएको खुल्न आएको छ ।

घरमा आमाबुबा नभएको मौकामा भाँडाकुट्टी खेल्ने भन्दै कोठामै सीतालाई यौनशोषण गर्दै आएको पाइएको हो । एउटै घरमा सँगै बस्ने भएपछि सीताको कोठामा गीता र उनको दाइ पनि खेल्न आउँथेँ । सोही क्रममा गीताको ११ वर्षीय दाइले पनि सीतालाई बलात्कार गरेको खुल्न आएको छ ।

यता, गीतालाई पनि सीताको भाइले बलात्कार गर्दै आएको प्रहरीको भनाइ छ । चार जना मिलेर भाँडाकुट्टी खेल्ने भन्दै कोठामै जबर्जस्ती करणी हुने गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यसैगरी मोरङ पथरी घर भई हाल ललितपुर महानगरपालिका–१४ शोभाहिटी बस्दै आएका १९ वर्षीय विकेश खड्का पनि १६ वर्षीया सीतालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् ।

विकेशले प्रहरीसमक्ष डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको सीतालाई पछिल्लो समय नदेखेको बताएका छन् । सीतासँग डेढ वर्षअघि सहमतिमै यौनसम्पर्क भएको विकेशको भनाइ छ ।
त्यतिबेला सीताको स्कुल छुट्टी हुनासाथ हामी भेटेर सीताकै कोठामा गएर यौनसम्पर्क गर्ने गरेको विकेशले प्रहरी समक्ष बताएका छन् ।

प्रहरीका अनुसार विकेशविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै सीताले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन् । १६ वर्षीया सीता ४ जनाबाट बलात्कारको शिकार भएकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सीतालाई सुरुमा भारतीय नागरिक सञ्जय मण्डलले बलात्कार गरेका थिए ।

यस्तै विकेशले पनि प्रहरी समक्ष सीतासँग यौनसम्पर्क राख्ने गरेको बताएका छन् । आफ्नै भाइ र गीताको भाइबाट पनि सीता शिकार भएकी छन् । यता, गीता भने ३ जनाको शिकार भएकी छन् । सुरुमा भारतीय नागरिक मण्डलको शिकार भएकी गीता विकेशसँग भने जोगिएकी छन् । सीताको भाइ र आफ्नै दाइबाट पनि गीता यौनशोषणको शिकार भएकी छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved