मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारतले सीमामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरूको प्राकृतिक बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने विवरण पेस गर्दै सांसदहरूले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो ।

पूर्वप्रधानमन्त्रीसहित गृह, भूमिसुधार र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छलफलमा सांसदले भारतले सीमामा ७ फिट अग्लो र ११ मिटर चौडा सडक पश्चिमबाट सुरु गरेर पूर्वी तराईसम्म विस्तार गर्न लागेको जानकारी गराएका थिए । यसबाट प्रदेश २ का सबैजसो जिल्ला प्रभावित हुनेछन् ।

सीमाक्षेत्रमा भारतले बनाएका संरचनाका कारण थप समस्या उत्पन्न हुने विवरणसहित सांसद महेश्वरजंग गहतराजले छलफलका लागि समितिमा निवेदन दिएका थिए । निवेदनमा भारतले बाँकेबाट रौतहटसम्म एसएसबी सडक बनाउन लागेको र लक्ष्मणपुर बाँध एवं कलकलवा तटबन्धका कारण भविष्यमा बाढीले भयावह रूप लिन सक्ने भन्दै उनले वार्ता थाल्न माग गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved