यसरी जन्मियो जनविद्रोह दैनिक

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

इटहरी/ माओवादी जनयुद्दसँगै पाटीृको मुखपत्रका रुपमा जनादेश साप्ताहिक काठमाण्डौवाट प्रकाशित हुने गर्दथ्यो तर साल तिरवाट भने सो पत्रिकामाथि प्रतिवन्ध लाग्यो । जतिवेला माओवादी सेनाको पुर्वी कमाण्ड र मेची कोशी पार्टी व्युरो भने वर्षामान पुन अनन्त सम्हाल्थे । पार्टीको मुखपत्र नभएको समयमा उनले काठमाण्डौको मात्र भर पर्न नहुने निष्कर्षसहित पुर्वका लागि छुट्टै पत्रिका निकाल्ने निर्णय गरेका थिए । जसको नाम जनविद्रोह दैनिक जुराईएको थियो जुन काम समेत वर्षामान आफैले गरेका थिए ।
 
पत्रिका निकाल्ने उनले निर्णय त गरे तर त्यसका लागि न त आवश्यक जनशक्ति नै थियो  न त प्रकाशनका लागि आवश्यक उपकरण नै थियो । जुन काम उनले माओवादी सम्वद्द तत्कालीन विधयार्थी नेता शिव डाँगीलाई सुम्पीए । जतिवेला डाँगी विध्यार्थी संगठनको मेची कोशि व्युरोमा कार्यरत थिए । आफ्ना कमाण्डरको आदेश वमोजिम डाँगि पत्रिका प्रकाशनका लागि तयार वने तर उनिसँग त्यो वेला पत्रिका प्रकाशनको न त ज्ञान थियो न त अनुभव नै ।
 
वर्षामानको आदेस वमोजिम नै आफु पत्रिका प्रकाशनको जिम्मेवारी लिन तयार वनेको स्मरण गर्दै डाँगी भन्छन् – मलाई तत्कालीन मोरङ पार्टी ईन्चार्ज दिनेश सर्मा सागरसँग समन्वय गर्दै पत्रिका निकाल्न भनिएको थियो सोहि वमोजिम मैले सागरसँग सम्पर्क गरि साठीसालको लेलिन जयन्तीवाट जनविद्रोह साप्ताहिकको प्रकाशन आरम्भ गरे । 
 
डाँगी कै शव्दमा जनविद्रोह साप्ताहिक एवं हालको जनविद्रोह दैनिकको इतिहास
 
वर्षामानले कामको जिम्मा त दिनुभयो तर मसँग सो समयमा पत्रिका प्रकाशनका लागि आवश्यक ज्ञान र सीप भने थिएन । तर पनि म युद्द मोर्चामा सहभागि मान्छे हार मान्ने कुरै भएन । मैले वर्षामानको सल्लाह वमोजीम दिनेश शर्मास्ाँग सम्पर्क गरे । उहाँले मलाई मोरङको आमवाडीमा रहेर काम गर्ने वातावरण वनाईदिनु भयो । आवश्यक कम्प्युटर र प्रीन्टर लगायतका सामाग्री जुटाईदिनुभयो । अनि पत्रिका छाप्नको लागि दमकको ईलाका प्रहरी कार्यालयसँगेको प्रेसमा व्यवस्था मिलाईयो ।
 
मसहित ५ जना भएर जनविद्रोह साप्ताहिक पार्टीको मुखपत्रका रुपमा प्रकाशन आरम्भ गर्यौ । जुन समयमा हामीले साप्ताहिक २५ हजार प्रतिसम्म छाप्यौ । जसलाई वितरणका लागि विभिन्न जिल्लामा केन्द्र वनाईएका थिए । त्यहि केन्द्र मार्फत हामीले पुर्वका सवै जिल्ला र गाउँसम्म पार्टीका कुरा लान्थ्यौं । 
युद्द कालमा थालिएको पत्रिका त्यो पनि मोरङकै आमवाडीवाट कम चुनौतीपुर्ण भने थिएन तर पनि हाम्रो पत्रिकाको टिमसँधै सुरक्षा फौजको निसानावाट टाढा राख्न हामी सफल वन्यौ । म नै सम्पादक वनेर थालिएको पत्रिकामा नाम भने मेरो थिएन । सुरक्षा जोखिमका कारण  विप्लव राई नामको काल्पनिक सम्पादक वनाईएको थियो । तर काम भने म नै गर्ने गर्दथे । आफ्नै नाम फेरेर त्यो पनि थर समेत सम्झदासमेत आफैंलाई पत्यार नलाग्ने दिन आएको छ अहिले ।
 
मैले मेरो नै नेतृत्वमा सुरु गरेको साप्ताहिकमा आफु पछि स्व. विनोद खनाल , गणेश उप्रेती , पृथ्वी कार्की र विवेक गौतम सम्म सम्पादक वने । जनयुद्दमा जन्मेको सोहि साप्ताहिक अहिले विराटनगरवाट प्रकाशित हुँदै गरेको जनविद्रोह दैनिक हो । जुन अहिले सहकारीका वनाएर व्यवासायीक रुपमा प्काशन भईरहेको छ भने सरकारले उक्त दैनिकलाई क श्रेणीको मान्यतासमेत दिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved