पहिलो मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले लिए शपथ

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

हेटौंडा/ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ ।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित भएका थिए।

एमालेको बहुमत रहेको प्रदेश सभा दलको अध्यक्षका हैसियतमा पौडेल मुख्यमन्त्री बनेका हुन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved