रविलाई आज अदालतमा पेश गरिदै , ३ दिन म्याद थप हुन सक्ने !

  • प्रकाशित मितिः भदौ, 8, 2076
  • पहिलो किताब संवाददाता

चितवन / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिईएका रवि लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिदैछ । गत आईतबार अदालतले ५ दिन म्याद थप गरि अनुसन्धानका का लागि हिरासतमा राख्ने आदेश दिएको थियो ।

रवि लामिछानेको बयान सकिएपनि अस्मिता कार्की र उनको बयानका कतिपय तथ्यहरु बुझिएको र प्राविधिक पक्षका तथ्यहरुबारे थप बयान लिनुपर्ने देखिएकोले सरकारी वकिलका तर्फबाट पुन म्याद थपका लागि अदालतमा अपील हुने देखिन्छ । नेपालको कानुन अनुसार प्रहरीले २५ दिनभित्र अदालतमा अभियोजनपत्रसहित मुद्दा दर्ता गर्नुपर्ने नियम छ ।

पुडासैनीका अधिवक्ता स्वागत नेपालका अनुसार, अनुसन्धान अझै नसकिएकोले रविलाई हिरासतमा रतख्न म्याद थप हुने छ । पक्राउ परेपछि १० दिनदेखि रवि प्रहरी हिरासतमा नै छन् ।।शुरुमा प्रहरिले १०दिनको म्याद थपका लागि आदेश माग गरेपनि अदालतले ५ दिन म्याद दिएको थियो ।

प्रहरिले शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोमा उल्लेख गरिएका सबै तथ्यहरुको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । यो अनुसन्धानका क्रममा रवि लामिछानेका कारण आत्महत्याको परिस्थिति सिर्जना भएको हो वा हाईन भन्ने विषयमा प्रहरिले वास्तविक तथ्य पत्ता लगाउने बताएको छ ।

रविको संलग्नताबारे सबै तथ्य बटुलेपछि मात्र प्रहरिले अदालतमा अभियोग दायर गर्ने बताएको छ । रविका समर्थकहरु भने रविको रिहाई आजै हुने दावी गरिरहेका छन् । प्रहरिले भने आधिकारिकरुपमा यसबारेमा केही बोलेको छैन ।

अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान विभागको टोलि समेत चितवनमा रहेको छ । यसअघि श्रीमतिसँग हिरासतमा भेटका क्रममा रविले आफुलाई ५ वर्ष नै फसाउन खोज्ने आशंका व्यक्त गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved