खुम्बुमा ३० वर्षीय भारतीय पर्यटकको मृत्यु

  • प्रकाशित मितिः मंसिर, 24, 2075
  • पहिलोकिताव संवादताता

सोलुखुम्बु  / खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए । 

आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिए । 

उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडाँैको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved