​नरिवल खानुका फाइदा

  • प्रकाशित मितिः भदौ, 17, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नरिवल एक बहुगुणी फल हो । नरिवल खानुका अलावा तेल बनाउने देखि लिएर विस्कुट लगायतका विभिन्न खाद्य पदार्थ समेत बनाईने गरिन्छ । धार्मिक दृष्टिले कुनै काम सुरु गर्नु अगाडि नरिवल फोड्ने गरिन्छ । नरिवल खानमा जति स्वादिलो छ त्यति नै यसका फाईदाहरु छन् । जान्नुहोस् यसका फाइदाः

१. तौल घटाउँछ
नरिवलको सेवनले तौल घटाउन मद्दत गर्छ । त्यसैले दैनिक भोजनमा नरिवल पानी, नरिवलको तेल वा नरिवलबाट बनेका पदार्थ मिसाउनुहोस् । यसो गर्नाले वजन कम हुँदै जानेछ ।

२. मुटु स्वस्थ राख्छ
नरिवलको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा पाईने सेचुरेटेड फ्याट तथा ट्रिग्लिसेरिडिजले कोलेस्ट्रोल कम गराउँछ भने यसको पानीले पनि एकदमै फाईदा गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
नरिवलमा भरपुर मात्रामा खनिज, एमिनो एसिड, भिटामिन फाईबर लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ । यसले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नरिवलको पानीले शरिरमा पानीको मात्रा बराबर बनाउँछ र विभिन्न रोग लाग्नबाट बचाउँछ ।

४. मष्तिष्क चलायमान राख्छ
नरिवलको पानी मानव मष्तिष्कको लागि अमृत समान हो । हरेक दिन नरिवलको पानी पिउनाले मष्तिष्कको काम गर्ने क्षमतामा दोहोरो बृद्धि हुन्छ । नरिवलले मष्तिष्कको अल्जाईमर रोग लाग्नबाट बचाउँछ भने अल्जाईमर लागेका व्यक्तिहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

५. अतिरिक्त बोसो हटाउँछ
नरिवल पानी नियमित पिउनाले शरिरमा बोसोको मात्रा घट्दै जान्छ । जब हामी नरिवल पानी वा नरिवल तेल सेवन गर्छौँ त्यसको केही समयसम्म पेट अघाएजस्तो हुन्छ यस्तो महशुश हुँदा हामीले थप खानेकुरा खानुपर्दैन र शरिरमा क्यालोरी पनि थपिँदैन । जसको कारण तौल बढ्दैन ।

६. त्वचा सुन्दर बनाउँछ
नरिवल बच्चादेखि बृद्धबृद्धा सबैलाई उपयोगी छ । अझ महिलाको लागि यो झनै उपयोगी मानिन्छ । यसमा भएको फ्याटी एसिडले महिलाको त्वचा सुन्दर बनाउँछ । नरिवलको तेल प्रयोग गर्दा पनि परावैजनी किरणबाट त्वचालाई बचाउँछ ।

७.कपालको लागि अति उपयोगी
नरिवलको तेल कपालको सुरक्षाको लागि अति उपयोगी छ । नरिवलको तेलमा भिटामिन सी, एमिनो एसिड, आईरन फाईबर लगायतका तत्वहरु पाईन्छन् । जसले कपाल टुक्रन, झर्न दिँदैन र बलियो पनि बनाउँछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved