धरान उपमहानगरलाई काँग्रेसको १० दिने अल्टिमेटम

  • प्रकाशित मितिः भदौ, 3, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरानमा बृद्धि गरिएको कर खारेजीको माग गर्दै आन्दोलित भएको नेपाली कांग्रेस धरान नगरसमितिले कर वृद्धि खारेजी गर्न माग गर्दै आइतबार धरान उपमहानगरपालिकालाई १० दिने अल्टिमेटम दिएको छ ।

धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउदै काग्रेसले १० दिने अल्टिमेटम दिएको हो । कागं्रेस नगरसभापति तिलक राईले कार्य बाहक प्रमुख मन्जु भण्डारीलाई अल्टिमेटम सहित ज्ञापन पत्र ब’झाएका छन् ।

धरान उपमहानगरपालिकाले कायम गरेको आर्थिक ऐन २०७४ ले व्यवस्था गरेको कर नै धरानका जनतलाई भार परिररहेको बेला वर्तमान नगर नेतृत्वले वहुमतको दम्भमा जनताको आर्थिक स्थितिका बेवास्ता गर्दै कर बृद्धि गरेको आरोप लगाए ।

काग्रेंसले भदौ १३ गतेसम्म आफूहरुले राखेको माग पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । समितिले उपमहानगरपालिकालाई बुझाएको ज्ञापनपत्रको बोधार्थ नेपाल सरकार, प्रदेश सरकार र जिल्ला समन्य समितिमा समेत बुझाएको छ ।

राईले स्थानीय सरकारले बढाइएको कर फिर्ता नहुन्जेल आन्दोलनका कार्यक्रम जारी रहने बताएका छन् । ज्ञापनपत्र बुझ्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख भण्डारीले अन्य स्थानीय निकायको भन्दा धरान उपमहानगरपालिकाले बढाएको कर वैज्ञानिक भएको दाबी गर्दै ज्ञापन पत्रमा भएको मागलाई छलफल र बोर्ड बैठकमा लगिने र बोर्ड बैठकको निर्णय अनुरुप अगाडि बढ्ने बताइन् ।

काग्रेंसले भने उपमहानगरपालिकाले सम्पत्ति करमा ३ सय प्रतिशत वृद्धि गरेको, घर जग्गा मुल्यांकन कर १ सय ८० बाट १ सय ९० प्रतिशत पु¥याएको, जुत्ता चप्पल मर्मत गर्ने गरिब मजदुरलाई समेत बार्षिक १ हजार करको भार थोपरेको, घर नक्सामा २५ प्रतिशतसम्म वृद्धि गरेको, विजुली जडान सिफारिसमा २ सय प्रतिशत सम्म वृद्धि गरेको, व्यवसाय नविरकणमा १ सय प्रतिशतबाट एकै पटक ४ सय प्रतिशत बढाइएको र निशुल्क रुपमा गरिदै आएको पञ्जिकरणका काममा समेत शुल्क लिन थालेकाले शनिवारदेखि विरोध कार्यक्रमहरु अगाडि बढाएको बताएको छ ।

समितिले शनिबार धरानको भानुचौकमा विरोध सभा सहित रिोध ¥याली निकाली निकालेर करको विरोध गर्दै अविलम्व फिर्ता गर्न माग गरेको थियो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved