गुण्डागर्दीको आरोपमा पक्राउ परेका बिश्वकर्मा २४ घण्टा नपुग्दै रिहा

  • प्रकाशित मितिः श्रावण, 20, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / गुण्डागर्दीको आरोपमा पक्राउ परेका तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष बिश्वकर्मा २४ घण्टा नपुग्दै रिहा भएका छन्। झगडाको विषयमा चलेको मुद्दासँग सम्वन्धित एक ब्यक्तिलाई धम्कि दिएको आरोपमा बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानले शनिबार पक्राउ गरेको थियो।

नेपाली कांग्रेसको छत्रछाँयामा गुण्डागर्दी गर्दै आएको आरोप लागेका बिश्वकर्मा पटक पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन । बिश्वकर्मालाई सादा तारेखमा छाडिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेश्वर पौडेलले जानकारी गराएका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालयले तयार पारेको गुण्डागर्दीमा संलग्नको सुचिमा समते बिश्वकर्मा रहेको प्रहरी श्रोतले जनाएको छ। शनिबार अपरान्ह पक्राउ परेका बिश्वकर्मालाई छुटाउन उनि आवद्व दल कांग्रेस अनि पछिल्लो पटक पक्राउ परेका मुद्दासँग जोडिएका सत्तारुढ दल निकट नेताकै दवावमा उनी छाडिएको बुझिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved