प्रहरी गुहार्दै नेकपाका नेता तथा कार्यकर्ता

  • प्रकाशित मितिः श्रावण, 10, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेकपाका केन्द्रीय सदस्य तयब हुसेन सहितका नेता तथा कार्याकर्तामाथि आक्रमणको प्रयास भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न भन्दै नेकपाका नेता तथा कार्यकर्ताले प्रहरीमा लिखीत जाहेरी दिएका छन् ।

बुधवार धनकुटाको नाम्जेमा रहेको आन्तरीक प्रशिक्षण कार्यक्रममा उपस्थित रहेको समयमा नेपाली काँग्रेसको इटहरी १० का वडासभापति प्रकाश कोईराला र तरुण दलका वडा सभापती संयोग अधिकारीले आक्रमणको प्रयास गरेको भन्दै बिहीवार जिल्ला प्रहरी कार्यालयमा लिखीत जाहेरी दिएका हुन् ।

नेता हुसेनले आफुँहरु रहेको स्थानमा नै आएर आक्रमण र र्दुव्यवहारको प्रयास भएपछि विवाद भएको बताएका छन् । उनले अर्को दलको कार्यक्रम भएकै स्थानमा पुगेर निर्वाचनमा हराउन खोजेको भन्दै जाई लागेपछि उनलाई उपस्थित कार्यकर्ताले समातेर आफुलाई सुरक्षीत स्थान तर्फ लगेको जानकारी गराएका छन् ।

उनीहरुले कार्यक्रमवाट फर्किने क्रममा बाटो नै ढुकेर आक्रमणको प्रयास गरेको अनि सो क्रममा केहि कार्यकर्ताको मोवाईल फुटाईदिएको र सिक्री समेत लिएर गएकाले कानुनी कारवाहीका लागि प्रहरीमा लिखीत जाहेरी दिएको नेता हुसेनले बताएका छन् ।

करिव ४० को संख्यमा रहेका नेता कार्यकर्ताका बिचमा आक्रमणको प्रयास हुँदा समेत आफ्ना कार्यकर्ताले संयमता अपनाएको हुसेनले बताएका छन् । सो घटना पछि कानुनी कारवाहीमा तानिने भयले उनीहरुले पत्रकार सम्मेलन गर्ने अनि प्रचार गर्ने काम गरीरहेको जिकीर समेत गरेका छन् ।

उता आक्रमणको प्रयास गरेको आरोप लागेका कोईराला र अधिकारीले भने इटहरीमा पत्रकार सम्मेलन नै गरेर अधिकारी माथि कुटपिट भएको दावी गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले नेकपाका नेता तथा कार्यकर्ताले प्रशिक्षणका नाममा मादक पदार्थ सेवन गरी नाम्चेमा आतंक मच्चाएको दावी गरे ।

युवा संघका एक प्रदेशका नेता रुपेश बस्नेत सहितको समुहले आफुहरुलाई बाटोमा घेरेर कुटपीट गरेको उनीहरुले पत्रकार सम्मेलनमा दावी गरे । काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नु पर्छ भन्दै धम्काएर कुटपिट गरेको उनीहरुले दावी गरेका छन् ।

उता कुटपीटमा संलग्न भएको आरोप लागेका रुपेश बस्नेतले भने विपक्षी दलको प्रशिक्षण कार्यक्रम भएकै स्थानमा पुगेर आक्रमणको प्रयास गर्नेले नै उल्टै आरोप लगाउनुमा कुनै तुक नरहेको बताएका छन् । उनले भने – इटहरी देखि हाम्रो कार्यक्रम स्थल सम्म जानुमै नियत के थियो भनेर देखिन्छ नी , आरोप लगाउनेलाई त्यति ठुलो समुहले कुटपीट गरेको थियो भने स्थित अर्कै हुने थियो । हामीले निकै संयमता अपनार्यौ ।

आफ्ना दलका केन्द्रिय नेता माथि नै आक्रमणको प्रयास भएपछि नियन्त्रणका लागि समातेको बिषय अनि भएको विवादलाई गलत प्रचार गर्ने काम मात्रै भएको जनाएका छन् । बस्नेतले नेता हुसेन माथि भएको र्दुव्यवहार र आक्रमणको प्रयासका विषयमा जिल्ला प्रहरी कार्यालयमा लिखीत जाहेरी पर्ने डर र त्रासकै कारण गलत प्रचारमा लागेको समेत दावी गरेका छन् ।

नेता हुसेन सहितमाथि भएको आक्रमणको प्रयास अनि र्दुव्यवहार पछि हुने कानुनी कारवाहीवाट जोगिन चलाखी पुर्वक उनीहरु नै आरोप लगाउने अनि प्रचार गर्ने काममा लागेको नेकपाका अर्का नेता भुवन पोख्रेलले बताएका छन् । पोख्रेलले जाहेरी पर्ने कुरा चाल पाएर नै उनीहरु प्रचारबाजीमा लागेको समेत बताएका छन् ।

पार्टीका नेताहरु जाहेरीका लागि इटहरीवाट धनकुटा तर्फ लागेको सुचना पाए पछि पत्रकार सम्मेलन गरेर अर्नगल प्रचार अनि दावी गरेको समेत बताएका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved