यस्तो छ अशोकलाई लिएर टंक र उनका दाई टिका बुढाथोकीले गरेको मास्टर प्लान

  • प्रकाशित मितिः श्रावण, 6, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / पछिल्लो समय नेपालको परिवेशमा अशोक दर्जी नै एक हुन जो चर्चामा छन् । उनको चर्चा यती छ की उनको बारेमा नकारात्मक कुरा सुन्न कोही तयार छैन । अशोक कस्तो जाल भित्र बेरिएका छन् भन्ने कसैले बुझ्न सकेका छैनन् । र, त्यो जालो बाहिर आएको पनि छैन । केहि समय आगाडी हामीले मेरो फिल्म डट कम बाटै एक समाचार सम्प्रेसण गरेका थियौँ ‘अशोकका कारण टंक हिट कि टंकका कारण अशोक रु’ भन्ने सिर्षकमा । सो समाचार अघी र पछी विभिन्न मिडियामा अशोकको प्रयोग गरेर केही व्यक्तिहरु आफ्नो दुनो सोझाउन लागिपरेका छन्, अशोकको मनोविज्ञानसँग खेल्दै छन् भन्ने आशयका विभिन्न समाचारहरु प्रकासित भए र भैरहेका पनि छन् ।

यसै बिच टंक बुढाथोकीका दाजु टिका बुढाथोकी मिडियामा आए । टंकले आफ्नो पर्सनल म्यानेजर भन्दै टिकालाई मिडियामा बोल्न लगाए र आफु पन्छिने कोशिस गरे । यति मै रोकिएनन् उनीहरु । बारम्बार उनीहरुको कालो कर्तुत बाहिर निकाल्न सुरु गरेका मिडियाको समाचार सेयर गर्दै खोक्रो रुन्चे भावना लेख्दै आम दर्शक श्रोताको मन पगाल्ने प्रयत्न गरे । तर झुट धेरै बेर टिक्दैन भने झैँ उनीहरुको कालो कर्तुत बाहिर आउन सुरु भएको छ । उनीहरुले अशोक दर्जीको चर्चालाई लिएर डलर छाप्न बुनेको जालो बाहिर आएको छ ।
टिका बुढाथोकी ‘टंकका दाई जसलाई टंक आफ्नो पर्सनल म्यानेजर भनिरहेका छन्’ ले अशोक पढ्ने स्कुलमा प्रिन्सिपल दिपक न्यौपानेलाई गरेको टेलिफोनको रेकर्ड बाहिरिएको छ ।

टिकाले कल गर्छन । अशोक पढिरहेको स्कुल बेथल एकेडेमीका प्रिन्सिपल दिपक न्यौपानेले केही बोल्न पाउँदैनन् । टिकाले अशोकको पढाईको बिषयमा बोल्छन । भन्छन्, ‘अशोकले पढ्न पर्दैन उसले नपढी क्लास टप गर्छ । उसलाई नपढाई टप बनाउने हो । उनको यो भनाईको अर्थ के ? पैसा खुवाएर या अशोक चर्चामा छ त्यसै कारण उसले नपढे पनि हुन्छ र? अशोकले नपढी टप हुने हो भने उक्त स्कुलमा पढ्न आएका अन्य बिद्यार्थी जो पढ्नमा अब्बल छन् उनीहरुको पढाइको कुनै अर्थ हुने छैन र?

प्रिन्सिपल भन्छन त्यसो भयो भने त मेरो स्कुलको प्रशासन कमजोर रहेछ भन्ने संदेश जान्छ । तपाइँहरुले त्यस्तो यूकेजी के यूकेजी भानिदीँन त भएन नी । यूकेजीको छुट्टै महत्व छ यूरोपको आफ्नै महत्व छ । यही कुरामा टिकाको प्रतिक्रिया यस्तो छ, ‘मैले अशोकलाई असर पर्ने गरी भनेको होइन त्यो त स्ट्र्याटिजी थियो । मैले त कान्तिपुर दैनिकमा निस्किएको अशोक दर्जीसँग सम्बन्धित समाचारलाई हानेको हुँँ । उसको त्यो समाचारलाई काउन्टर हानेको हुँँ ।

प्रिन्सिपलले आफु मानसिक दवावमा रहेको समेत बताएका छन् । तर टिकाले तपाईं सोझो हुनुहुन्छ अब बाङ्गो हुन सिक्नुस् भन्दै नगरकोट गएर १–१ बोत्तल बियर पिउँदै स्कुल कसरी अगाडी बढाउने भन्ने सल्लाह गरौँ भन्छन । नाम चलेका स्कुलका प्रिन्सिपलहरुको नाम थाहा नभएका जनतामाझ आज दिपक सर भनेर तपाईँ चिनिनुभएको छ भन्दै मिडियाको प्रयोग गरेर आफु चर्चित बन्न सिक्न आग्रह समेत गर्छन । उनी अगाडी भन्छन, ‘दिपक सर, डीजे रुपक र टंक बुढाथोकी मिलेर काढेको मह हो, तिनै जना मिलेर हात चाट्नु पर्छ । उनको यस भनाईको अर्थ यहि नै हो की आशोकको प्रयोग गरेर आशोकको नाम बेचेर आफुहरुले पैसा कमाउनु पर्छ । उनी यतिमै रोकिएनन । यहाँसम्म भने की यो सबैको ठेक्का म लिइदिन्छु । उनी ठेकेदार बन्न समेत तयार भएका छन् । अशोकको यूरोपको भिसाको बिषयमा सोध्दा उनले भने, ‘फिक्स छैन ।’ उसको यूरोप टुर नमिलेमा के को अशोक दर्जी भन्दै च्यापेर बस्ने, हामीलाई के बेनिफिट हुन्छ भन्दै उनी गर्जिंछन् । अशोक को यूरोपको भिजा नलागेपनि कमाउने बाटो धेरै भएको उनी बताउँछन् । भन्छन, ‘टंकले अहिले सबै स्टुडियो बन्द गरेर बसेको छ । तर यूट्युबबाट मनग्य कमाइरहेको उनी आँफैले स्विकार गरेका छन । स्कुल बन्द भए पनि अशोकलाई प्रयोग गरेर कमाउने बाटो प्रशस्तै रहेको उनको जिकिर छ ।

उनी भन्छन हामी प्लान गरेर, स्क्रिप्ट गरेर, गेम खेल्दै अगाडी जानु पर्छ । टेलिफोन वार्तामा उनी बारम्बार गेम खेलेर आफुहरु अगाडी बढ्नु पर्ने बताई रहेका छन् । आफुहरुले अशोकलाई यो चर्चा दिलाएको र त्यसको जस आफुहरुले लीँदै फाइदा पनि उठाउनु पर्ने भनिरहेका छन् । उनको यो भनाईले प्रस्टै हुन्छ की टंक बुढाथोकी र टिका बुढाथोकीको पैसा कमाउने मास्टर प्लान भित्र अशोक घेरिएका छन् । उनीहरुले बिच्छ्याएको जालोमा अबोध बालक पर्दै गएका छन । अशोकले त यो जालो बुझ्न सक्ने छैनन । तर जुन हिसाबमा अशोकको प्रतिभाको कदर र उसको समर्थन भएको थियो त्यही हिसाबमा अशोकको प्रयोग गर्दै पैसा कमाउने र अशोकलाई बेबारिसे छोडिदिने टंकरटिका मास्टर प्लानको सबैले बिरोध गर्ने बेला आएको छ ।
के छ उक्त टेलिफोन वार्तामा र? सुन्नुहोस यो कल रेकर्ड‘

https://www.youtube.com/watch?v=Yyup7wsEpqQ&feature=youtu.be



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved