चन्द्रमाको जग्गा किनेका नेपाली यसरी बने मुर्गा : के हो सत्यता ?

  • प्रकाशित मितिः चैत्र, 8, 2074
  • पहिलो किताब संवाददाता

इटहरी / चन्द्रमाको जग्गा किनेर मुर्गा बनेका नेपालका रमेशप्रसाद जोशीको सञ्चार माध्यहरुमा निकै चर्चा चल्यो । उनले चन्द्रमाको लालपुर्जा समेत देखाए । तर उनी मुर्गा बनिरहेका थिए भन्ने कुरा कसैलाई थाहा भएन ।

उनी एकजना पात्र मात्र हुन् र साना तिना दलालहरुको फेला परेका हुन् । मुख्य दलाल र चन्द्रमामा जग्गा बेच्ने काम सुरु गर्ने पहिलो अमेरिकी डेनिस होप हुन् ।

सन् १९८० मा डेनिस होप हलिउडका एक कलाकार थिए र संघर्ष गरिरहेका थिए । त्यतिकैमा उनको डिभोर्स भयो र पैसा नभएका कारण अब के गर्ने भन्ने कुरामा उनी चिन्तीत थिए । उनले जग्गा बेच्ने निधो गरे तर अफसोच उनको नाममा कतै जग्गा थिएन। त्यही बेला उनले चन्द्रमातिर हेरेर आफ्नो खुराफाती दिमागले चन्द्रमाको जग्गा बेच्ने आइडिया निकाले ।

यसरी बनाए मुर्गा
कलेजमा पढ्दा उनले सन् १९६७ को अन्तरिक्ष सन्धि (स्पेस ट्रिटी) को क्लास लिएका थिए। उक्त क्लासमा भनिएको थियो कि चन्द्रमा वा अन्य कुनै ग्रहको स्वामित्व कुनै पनि देशले लिन पाउने छैन । देशले लिन नपाएपनि मानिसले लिन पाउने भन्दै उनले युएनलाई जानकारी गराएर पत्र लेखे । उताबाट कुनै जवाफ नआएपछि त्यसैलाई आधार बनाएर उनले चन्द्रमा लगायतका ग्रह उपग्रहका जग्गा बेचिरहेका छन् र किन्नेहरुलाई मुर्गा बनाइरहेका छन्।

कानुन सम्बन्धी प्रोफेसर अनुपम चान्दलरले उनको काम गैरकानुनी नभएको तर उनले आफ्नो स्वामित्वमा नभएको चिज बेचिरहेको बताएका छन् । युएन वा कुनै पनि देशको सरकारको सेलेस्टियल बडीमा अधिकार हुने वा अधिकार दिने कुरा नभएकोले अदालतमा गए उनको दाबी खारेज हुने उनी बताउँछन्।

यसरि नै उनले ७० लाख मानिसलाई चन्द्रमाको जग्गा बेचिसकेका रहेछन्। उनीहरुको अधिकार रक्षाको निम्ति भन्दै उनले ग्यालेटिक गभरमेन्ट समेत बनाएका छन्।

होपले अन्तर्वार्तामा आफूले मजाका लागि यस्तो गरेको बताएका छन्। यसले विश्वभर घुमेर रेडियो र टिभीमा अन्तर्वार्ता दिन पनि उनलाई सक्षम बनाएको छ ।उनले विभिन्न वेबसाइटहरुद्वारा पनि यस्तो जग्गाको कारेबार गर्ने गरेका छन् ।

तपाईँ चन्द्रमामा उडेर जानु हुन्छ र त्यहाँ बस्न चाहनुहुन्छ भने तपाईँलाई कसैले रोक्ने छैन। त्यसको लागि जग्गा किनेकै हुनुपर्छ भन्ने छैन। एकदमै बढी गर्मी १०० डिग्री सेल्सियसदेखि एकदमै जाडो माइनस १७३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने र पृथ्वीको भन्दा १६.५ डिग्री कम गुरुत्वाकर्षण हुने ठाउँमा तपाई पनि जान सक्नु हुन्छ तर यो मेरो जग्गा हो भनेर हक जमाउन पाउनु हुने छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved