मादक पदार्थ सेवनपछि कुटपिट, एक जनाको घटनास्थलमै मृत्यु

  • प्रकाशित मितिः माघ, 19, 2075
  • पहिलो किताब संवाददाता

संखुवासभा / मादक पदार्थ सेवनका कारण भएको विवादपछि कुटपिट हुँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ। खाँदवारी नगरपालिका६ पाङठाका ४४ वर्षीय बमबहादुर न्यौपानेको मृत्यु भएको हो।

शुक्रबार राति साढे ८ बजे मादक पदार्थ सेवन गरी छिमेकी ५० बर्षीय नरबहादुर भण्डारीको घरमा पुगेका न्यौपानेले ढोकामा लात्तीले हान्दै हो–हल्ला गरेका थिए। सोही विषयमा विवाद हुँदा भण्डारीले ढोकाको आग्लोले न्यौपानेको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भण्डारीलाई प्रहरीले पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved