घरमा आगलागी हुँदा १ तोला सुन र ५ लाख नगद जलेर स्वाहा

  • प्रकाशित मितिः माघ, 7, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / संखुवासभाको चैनपुर नगरपालिका–७ मा आगलागीबाट करिब दश लाख मूल्य बराबरको क्षति भएको छ । आइतबार राती भएको आगलागीमा १ तोला सुन र पाँच लाख नगद समेत जलेर स्वाहा भएको छ ।

स्थानीय सोममाया तामाङको घरमा लागेको आगलागीले उनको तीन तले घर, अन्नपात, लत्ताकपडा, काठपात समेत जलेको प्रहरीले जनाएको छ ।

प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved