हिलाम्मे सडक बनाउन सांसद्को ताकेता

  • प्रकाशित मितिः आश्विन, 19, 2075
  • पहिलोकिताव संवादताता

सङ्खुवासभा / विजयादशमी नजिकिएसँगै वसन्तपुर–चैनपुर सडक खण्ड निर्माणले गति लिएको छ । अहिले जिल्ला प्रवेश गर्ने टुटेदेउरालीदेखि मुढेसम्मको सडक हिलाम्मे छ । सडकमा तीन फिटभन्दा बढी खाल्डामा गाडी भासिएपछि निकाल्न घण्टौं लाग्छ । करीब १३ किमी कालोपत्रे सडक हिलाम्मे भएपछि यात्रु जोखिमको यात्रा गर्न बाध्य छन् । 

चुनावका बेला यी सडक बाह्रै महिना सञ्चालन गर्ने मुख्य ‘एजेन्डा’ लिएर निर्वाचनमा होमिएकाले चासो नदिएको स्थानीयबासीको गुनासो आएपछि जनप्रतिनिधिले चासो दिन थालेका छन् । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले सडक सहज नहुनुको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने भन्दै घटस्थापनाको अघिल्लो दिनसम्म टुटेदेउरालीदेखि मुढेसम्म बसेर सडक निर्माण गराउने प्रतिबद्धता जनाए । निर्माण पूरा नभएसम्म आफू सो क्षेत्रमा रहने उनले बताए । 
 
धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमी सडकको दुदर्शाले सबैलाई दुःख भएको बताए । धुपुका धर्म चापागाईंले भने,“बाटोको अवस्था खराब हुनुमा जनप्रतिनिधि पनि दोषी छन् ।” 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved