रुघाले बन्द भएको नाक यसरी खुलाउनुहोस्

  • प्रकाशित मितिः भदौ, 25, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । त्यसैले घरेलु विधिबाट यसरी खुलाउनुहोस् बन्द नाकः

१.कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुहोस, बन्द नाक खुल्छ ।

२.सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुहोस् अनि त्यसका केही थोपा नाकमा हाल्नुहोस् । यसो गर्नाले बन्द भएको नाक खुल्छ ।

३.तुलसीको पात
तुलसीको पात खानाले पनि बन्द भएको नाक खुल्छ ।

४.नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुहोस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुहोस् । यसो गर्दा आराम हुन्छ ।

५.बाफ
पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुहोस् र दुई मिनेटपछि त्यो पानीको बाफ लिनुहोस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

६.नूनपानी
पानीमा नून हालेर घोल बनाउनुहोस् र त्यो घोलले नाक धुनुहोस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

७.मह
एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुहोस् । महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved