पुर्वमा लोकप्रिय बन्दैछन् मोडल सिम्रन

  • प्रकाशित मितिः भदौ, 23, 2075
  • पहिलो किताब संवाददाता

धरान / धराने युवती सिम्रन श्रेष्ठ पुर्वकै चर्चित मोडलका रुपमा स्थापित हुँदै गएकी छन् । मिस पुर्वाञ्चलमा सहभागि बनेसँगै मोडलिङमा उदाएकी सिम्रन पछिल्लो समयमा पुर्वमा बनेका अनि छायाँकन भएका म्युजिक भिडियोमा देखिन थालेकी छन् । आर्कषक रुप अनि सुन्दरताका कारण पुर्वमा छायाँकन हुने म्युजिक भिडियोमा देखिन थालेकी सिम्रनले छोटो अवधिमा नै करिव आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरीसकेकी छन् ।

आफ्नै आमाले गितवाट अभिनयमा उदाएकी उनी पछिल्लो समयमा भने पुर्वेली गायक तथा गायिका र पुर्वमा छायाँकन तय भएका म्युजिक भिडियोमा देखिन थालेकी हु्न् । धरानकी स्थायी वासिन्दा सिम्रन म्युजिक भिडीयोमा देखिन थालेसँगै उनको लोकप्रियता अनि खोजि समेत वढेको पारिवारका सदस्यले जानकारी गराएका छन् ।

पाँच फिट तिन ईन्च अग्लि अठार वर्षिया सिम्रन युुट्युवमा समेत करिव दुई लाख दर्जकको रोजाईमा परेकी छन् । निकै छोटो अवधिमा नै चर्चामा आएकी सिम्रन पुर्वमा हुने गरेका फेसन सो मा समेत सर्वाधिक रुचाईएकी पात्र समेत हुन् ।

वाल्यकालमा नै धरानको भेलोसिटि कलेजको फेसन सोवाट मोडलीङमा प्रवेश गरेकी सिम्रन मिस एसएलसी र मिस पुर्वाञ्चलमा समेत सहभागि बनिसकेकी छन् । पछिल्लो समयमा सिम्रन पुर्वमा म्युजिक भिडियोमा अभिनयका लागि खोजिमा पर्न थालेसँगै उनको उचाई समेत वढेको हो ।

आफ्नै आमाको गितवाट अभिनय थालेकी उनले अभिनयका लागि आएका दर्जन वढि प्रस्ताव अध्यनका कारण गुमाउन परेको समेत पहिलो किताबलाई जानकारी गराएकी छन् । आएका प्रस्ताव मध्ये राम्रो पारिश्रमिक अनि राम्रो भुमिका भएका गितमा मात्रै आफुले अभिनय गर्ने गरेको उनले जानकारी समेत गराएकी छन् ।

म्युजिक भिडियोको अलावा फिल्ममा समेत अभिनयका लागि प्रस्ताव आउन थालेको भएपनि अध्यन र अन्य कारणले प्रस्ताव स्विकार गर्न नसकेको उनले वताईन् । मिस नेपालमा सहभागि बनेर मिस नेपाल हुने सपना बोकेको भएपनि मिस नेपालमा सहभागिताका लागि तोकिएको उमेर हदका कारण सहभागिताका लागि समस्या भएको उनले बताएकी छन् ।

उचाईको हदका कारण मिस नेपाल बन्न नपाएपनि अभिनय अनि क्षमताको उपयोग गरेर मिस नेपालले प्राप्त गर्ने उचाई अनि भुमिकाका लागि आफुले तयारी गरीरहेको उनले उल्लेख समेत गरेकी छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved