ठूलो परिमाणमा हतियार र गोली सहित ५ पक्राउ

  • प्रकाशित मितिः असार, 21, 2075
  • पहिलो किताब संवाददाता

संखुवासभा / प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुशन्धानमा दक्ष व्युरो कार्यालयका प्रहरीको सहयोगमा संखुवासभावाट प्रहरीले ठूलो परिमाणमा हतियार र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । पुर्वमा भएका ठुला अपराधका घटनामा अनुशन्धान गर्न सफल बनेका प्रहरी अधिकारीको सहयोगमा संखुवासभा प्रहरीले उनीहरुलाई पक्राउ गरेको वताईएको छ ।

प्रहरीले सिलिचोङ गाउँपालिका–५ का केदार राई, ४ का पूर्णकुमार राई, वडा नम्वर ४ कै सूर्यबहादुर राई , चिचिला–२ का सुरेन्द्र राई र भारत बिहारका मोहम्मद मुन्ना खानलाई ठुलो परिणाममा हतियार सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथवाट प्रहरीले अमेरिकन पेस्तोल एक थान, गोली १४ राउन्ड, म्यागजिन , थ्रीनट थ्री राइफल दुई थान, कटुवा पेस्तोल एक थान , गोली र विस्फोटक पदार्थ, डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रङको रिमोट, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

अरुण तेस्रो जलविध्युत आयोजना सहित चिनसँगको सिमा क्षेत्रमा हुने अपराधका घटनामा संलग्न रहेको आशंंकामा उनीहरुको खोजीमा जुटेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरीकै सहयोगमा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय संखुवासभामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको वताईएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved