सरकारले दिएको अनुदान उपयोग नभए दिइएको रकम फिर्ता

  • प्रकाशित मितिः असार, 6, 2075
  • पहिलोकिताव संवादताता

काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकारले रकम नपाउने भएको छ ।केन्द्रले प्रदेश सरकारलाई दिने अनुदान रकम खर्च नभएमा संघीय सरकारको खातामा ल्याउने गरी विनियोजन विधेयक ल्याएको छ ।

संघीय सरकारले ल्याएको वित्तिय विनियोजन विधेयकमा प्रदेश सरकारलाई उपलव्ध गराएको अनुदान प्रयोग नभए संघीय सरकारको खातामा आउने व्यवस्था राखेको हो ।यसअघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो ।

पहिले यस्तो रकम फ्रिज नहुने भएकाले स्थानीय तहले अर्को आर्थिक वर्षमा त्यसलाई प्रयोग गर्न पाउँथे । संविधानले स्थानीय तह र प्रदेशलाई दिएको अधिकारविपरीत संघीय सरकारले विनियोजन विधेयक ल्याएर संघीयताको मर्ममा प्रहार गरेको भन्दै कतिपय अर्थविद्हरुले विधेयकको आलोचना गरेका छन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved