आर्सनल इएफएलको फाइनलमा

  • प्रकाशित मितिः माघ, 11, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी । आर्सनल इंग्लिश फुटबल लिग (इएफएल) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार  राती भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीलाई २ – १ ले हराउदै आर्सनल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई पराजित गर्न आर्सनलका ग्रानिट जाकाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । चेल्सीका इडेन हाजार्डले एक गोल गर्दा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए । यो जितसँगै आर्सनलले समग्रमा चेल्सीलाई २ – १ ले हराएर फाइनलमा पुगेको हो । दुई टोलीबीचको पहिलो लेग खेल गोलरहित बराबरी भएको थियो ।

इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने चेल्सीले बनाएको थियो । खेलको सातौं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको १२ औं मिनेटमा चेल्सीका रुडिगरले आत्मघाती गोलको उपहार दिएपछि आर्सनल खेलमा फर्किएको थियो । पहिलो हाफ १ – १ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलका जाका नायक बने । खेलको ६० औं मिनेटमा गोल गर्दै आर्सनललाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

अब आर्सनलले २५ फेब्रुवरीमा हुने फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने छ । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी ब्रिस्टोल सिटीलाई हराउदै इएफएल कप फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved