आज कृष्ण जन्माष्टमी

  • प्रकाशित मितिः भदौ, 6, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / आज भाद्र कृष्ण अष्टमीका रात स्वदेश तथा विदेशका सबै कृष्ण मन्दिरमा भव्यताका साथ कर्मका पुजारी भगवान् कृष्णको जन्मदिन मनाइँदै छ । महाशिवरात्रि, महाष्टमीको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र कृष्णजन्माष्टमीको मोहरात्रि गरी यी चार रातलाई हिन्दू धर्मशास्त्रमा महत्वको रात मानिएको छ ।

द्वापरयुगमा पिता वासुदेव र माता देवकीको सन्ततिका रूपमा कृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । ज्योतिषशास्त्रमा सूर्य ग्रहबाट भगवान् राम अवतार, मङ्गल ग्रहबाट नृसिंह अवतार र चन्द्र ग्रहबाट कृष्णको जन्म भएको वर्णन छ । शुक्रबार मध्यरातदेखि शनिबार बिहान ३ः३० बजेसम्म अष्टमी परेको छ ।

राष्ट्रपतिद्वारा शुभकामना
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा, प्रचलन र मान्यताहरू राष्ट्रिय जीवनका अमूल्य निधि रहेको धारणा व्यक्त गरेकी छिन् । श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै उनले सो धारणा व्यक्त गरेकी हुन् ।

मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो’ सन्देशमा भनिएको छ, ‘यस प्रकारको ऐतिहासिक र सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा आर्थिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पुर्या एको छ ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved