नक्कली औषधी प्रकरण : मुख्य आरोपी जेल चलान

  • प्रकाशित मितिः श्रावण, 30, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / भारतबाट अवैध रुपमा औषधि ल्याएर फामेर्सीहरुमा कारोबार गर्ने मुख्य गिरोह धरानका जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्रप्रसाद पोखरेलले अग्रवाललाई बुधबार पुर्पक्षको लाथि थुनामा राख्न आदेश दिएका हुन् । अग्रवालबाट नक्कली औषधिको खरिद गरि बिरामीलाई विक्री वितरण गर्ने अन्य चार जना फार्मेसीका सञ्चालकहरु भने धरौटिमा छुटेको मोरङ अदालतले जनाएको छ ।

फार्मेशीका चार संचालक धरौटिमा छुटे गोल्डेन फार्मेसीका संचालक पाण्डब राजवंशीलाई अदालतले ३५ हजार रुपैयाँ धरौटि तोकिएको थियो भने, जिग्री फार्मेसीका संचालक नौसाद आलम, लङ्ग लाइफ फार्मेसीका सञ्चालक दिपक कुमार राय र मेड प्लस फार्मेसीका सञ्चालक प्रशान्त कुमार चौधरीलाई जनही ४५ हजार रुपैयाँ धरौटि तोकिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

चारै जनाले अदलातले तोकेको धरौटि बुझाएपछि बुधबार नै छुटेको बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिएर औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पाँच जनामाथि मोरङ अदालतमा मंगलबार मुद्दा दर्ता गरेका थिए ।

बुधबारदेखी अदाल समक्ष बयान सुरु भएपछि सोही दिन थुनछेक बहसपछि आदेश भएको हो । बादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला साहय न्याधिवक्ता रोहत पोखरेलले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट आधा दर्जन कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
औषधि व्यवस्था विभागले उनीहरुलाई औषधि ऐन २०३५ को दफा ३९९२० बमोजिम अवैध रुपमा बिना दर्ताको औषधि पैठारी, खरिद विक्री वितरण तथा संचय अन्तर्गत मुद्दा दर्ता थियो । यस्तो थियो अग्रवालको कर्तुत प्रहरीले विराटनगरको पाँच वटा फार्मेसीमा साउन १३ गते छापा मार्दा ठूलो परिमाणको अवैध औषधि बरामद गरेको थियो ।

भारतबाट अवैध रुपमा नेपाल औषधि ल्याएर विक्री वितरण गर्ने नक्कली औषधिको गिरोह अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि विराटनगरको फार्मेसीबाट नक्कली औषधिको विक्री वितरण हुने गरेको खुलसा भएको थियो । अग्रवालले भारतबाट कम गुणस्तरको औषधि ल्याएर नक्कली स्ट्रीगर प्रयोग गरि फार्मेसीलाईहरु दिने गरेको अनुसन्धानबाट खलेको थियो ।

नक्कली औषधिको कारोबारी गर्ने अग्रवालले लामो समयदेखी यसरी विक्री वितरण गर्दै आएको औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले गरेको अनुसन्धानबाट खुलेको हो । भारतबाट अवैध रुपमा औषधि ल्याएर उनले विराटनगरमा एक घरमा स्टोग गरि राख्ने गरेका थिए । माग अनुसार फार्मेसीहरुमा विक्री वितरण गरेको अनुसन्धानबाट खुलेको हो । अग्रवाललाई छुटाउन व्यवसायीदेखी नेतासम्म नक्कली औषधिको कारोबारी गर्ने अग्रवाललाई छुटाउन औषधि व्यवसायीहरुदेखी केन्द्रीय तहका नेतासम्म लागि परेका थिए ।


उनीहरु अनुसन्धानलाई प्रभावित पार्न औषधि व्यवस्था विभागले चौतर्फी रुपमा दवाब दिएका थिए । शत्तिको आडमा लामो समयदेखी अवैध रुपमा नक्कली औषधीको विक्री वितरण गर्न पल्किएका अग्रवाल साउन १३ गते प्रहरीको फन्दामा परेका थिए । अग्रवाल पक्राउ परेको केही दिन पछि उनलाई छुटाउन व्यवसायीदेखी राजनैतिक दलका केन्द्रीय तहका नेताहरु सक्रिय रुपमा लागि परे पनि अत्यमा उनी पुर्पक्षको लागि जेल चलान भए ।

को हुन् जीवन अग्रवाल चन्द्रकुमार अग्रवालको ३५ वर्षिय छोरा हुन जीवन । सुनसरीको धरान उपमहानगरपालिका ४ मा बसोवास गर्ने अग्रवाल लामो समयदेखी अवैध रुपमा नक्कली औषधि विक्री वितरणमा संलग्न हुँदै आएको अनुसन्धाबाट खुलेका छ । मारवडी सामुदायका उनी चाँडौ पैसाँ कुम्याउने उद्देश्य अनुरुप यस्तो धन्दामा संलग्न भएको बताइन्छ । औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालयका अनुसन्धान अधिकारीलाई दिएको बयानमा उनले भारतबाट नक्कली औषधि ल्याउने र नेपालको विभिन्न स्थानमा रहेको फामेर्सीहरुमा विक्री वितरण गर्ने बताइन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved