खानेपानी ट्यांकीमा बिषादी प्रयोग , १६ बिद्यार्थी बिरामी

  • प्रकाशित मितिः श्रावण, 29, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / मोरङ्गको लेटाङ्ग नगरपालिका ९ जाँतस्थित श्री माध्यामिक बिद्यालयमा अध्ययनरत १६ जना बिद्यार्थी बिरामी परेका छन् । साइपर मेथिन नामक औषधीका बिद्यालयको खानेपानी ट्यांकीमा कसैले हालिदिएको कारण बिद्यार्थी बिरामी परेको इलाका प्रहरी कार्यालय लेटाङ्गका प्रहरी निरिक्षक योगराज खतिवडाले बताएका हुन् ।

बिरामी बिद्यार्थी मध्य केहिलाई पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा र दुईजना बिद्यार्थीलाई थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल लगिएको प्रहरी निरिक्षक खतिवडाले बताएका छन् ।

खतिवडाका अनुसार बिहान ११ बजे बिद्यार्थीले पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई भनेका र शिक्षकले आँफुहरुलाई खबर गरेको हो । खानेपानी ट्यांकीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने बिषयमा प्रहरी निरीक्षक खतिवडाले पहिलो किताबलाई टेलिफोनमा बताए ।

सो बिद्यालयमा हाल कक्षा १ देखि १२ सम्मका ४९१ बिद्यार्थी अध्ययनरत छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved