मिस उर्लाबारीको दोस्रो संस्करण हुने

  • प्रकाशित मितिः श्रावण, 7, 2075
  • पहिलोकिताव संवादताता


उर्लाबारी / कला र संस्कृतिको माध्यमबाट उर्लाबारी नगरलाई परिचित गराउने उद्देश्यले ‘मिस उर्लाबारी’ दोस्रो संस्करणको आयोजना गरिने भएको छ । विगतमा काठमाण्डौस्थित वेटर ग्यालेक्सीको व्यवस्थापनमा उर्लाबारी युवा क्लबको आयोजनामा मिस उर्लाबारीको पहिलो संस्करण भएको थियो ।

सेन्ट्रल फेशन हवको आयोजनामा मिस उर्लाबारीको दोस्रो संस्करण गर्ने लागिएको अध्यक्ष जीवन चिमरियाले बताए । व्यक्तित्व विकास र किशोरीहरुमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्नका लागि मिस उर्लाबारी आयोजना गरिएको र फाराम धमाधम वितरण भइरहेको उनले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई नगद ५० हजार, छात्रवृत्तिसहित आकर्षण पुरस्कार प्रदान गरिने छ । त्यस्तै, फष्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः नगद ३० र २० हजारसहित छात्रवृत्ति र आकर्षण पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा १६ बर्षदेखि २५ बर्षसम्मका किशोरी÷युवतीहरुले सहभागीता जनाउन सक्नेछन् ।

प्रतियोगीहरुलाई कोरियोग्राफर प्रमिशा बज्रचार्यले प्रशिक्षण दिने छिन् । उर्लाबारी नगरपालिकासँग साझेदारी गरी मिस उर्लाबारीलाई विभिन्न सामाजिक कार्यको साथै उर्लाबारीको पर्यटकीय क्षेत्रको पहिचानका लागि सहभागी गराइने जनाइएको छ । उर्लाबारी क्षेत्रभरिका कलाकारहरुलाई फाइनल राउण्डमा सहभागी गराई सम्मानसमेत गरिने बताइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved