गायक असोक दर्जीलाई युज गर्दै बुढाथोकी

  • प्रकाशित मितिः असार, 30, 2075
  • तेजेन खड्का

इटहरी / पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिवेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण असोकका शुभेच्छुकहरु उनको बारेमा के भईरहेको छ भनेर चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा असोकको बारेमा जानकारी लिन खोज्दा एक युवालाई टंक बुढाथोकीले झपारेका छन् ।

ति युवाले टेलिफोनमा सोधेका छन्, असोकको परिक्षा छुटाएर कार्यक्रममा लान आट्नु भएछ परिक्षा सकिएपछि कार्यक्रममा लग्दा के हुन्थ्यो नि ? अहिले परीक्षा पनि सकियो कार्यक्रम पनि भएको छैन् । टंकले झर्किदै जवाफ दिएका छन् – असोकलाई पढाई परीक्षा भन्दा विदेशको कार्यक्रम ठुलो हो । यो क्रेज पढेर कसैले पाउछ ? तिम्ले कति पढेको भाई ? टंकले असोकको सर्वाधिकार समेत आफुमा रहेको दावी गरेका छन् ।

असोकको कार्यक्रम पढाई छोडेर लान टंकले मरिहत्ते गर्नु भनेको असोकलाई युज गरेर पैसा कमाउनु नै हो, असोकका फ्यानहरु भन्छन्, साँगीतिक कार्यक्रममा गएको आएको हिसाब पनि पारदर्शी छैन् । असोकलाई आफुले हिट बनाएको टंक दावी गर्छन् । यति होकि टंक साँगीतिक क्षेत्रमा लागिरहेका मान्छे हुन, तर असोकसँग टच भएपछि उनको व्यस्तता समेत बढेको छ । असोकलाई दुहुना गाई बनाएर अहिले टंक उनको अध्ययन तथा अध्यापनमा ध्यान दिईरहेका छैनन् । बरु आफ्नो युट्युवमा असोकको अनाश्वक भिडियो हालेर पैसा कमाईरहेका छन् । आफ्नो एकाधिकार जमाईरहेका छन् ।

यता असोकको घर बनाउन लागि पर्नेहरु भने दिनरात खटिरहेका छन् । मेहेनत गरिरहेका छन् । तर टंक भने हिसाब नदेखाउने घर निर्माणको पैसा निर्माण समितिलाई भनेको बेला नदिने जस्ता काम गरिरहेका छन् ।

पूर्ण वाईवाले आफ्नो गोजीको पैसा हालेर घर बनाईरहेका छन् । तर टंकले घर निर्माण समितिलाई पैसा दिएका छैनन् । बरु बिभिन्न वहाना गर्दै पन्सिने काम गरिरहेका छन् । पूर्ण वाईवा घर निर्माणको संयोजक नभएको भए घर नबन्ने निश्चित रहेको स्थानीय बताउछन् ।

वाइवाले भने–‘पैसा कसरी आएको छ, कति आएको छ केही थाहा छैन । यदि, म नभएको भए यो घर नबन्ने पक्का थियो ।’ वाइवाले अनलाईनसँग कुराकानी गर्दै भनेका छन् –‘मैले त टंकको व्यवहार देखेर, बाल श्रम शोषणको मुद्दा हालिदिन्छु समेत भनेको थिएँ ।’ उनले आफूहरुको मिसन नै अशोकको घर बनाउने रहेको भन्दै धेरै कुरा सहेर काम गरेको बताए ।

हिजो असोक र उनको लागि प्रतिभा पहिचान कार्यक्रम र अध्ययन अध्यापन आवश्यक थियो भनेर उर्लाबारीमा प्रतिभा पहिचान कार्यक्रम भयो । साँगीतिक कक्षाको वातावरण बनाईयो । वेथेल स्कुलमा निशुल्क पढ्ने वातावरण बनाईयो ।

तर असोक हिट भएपछि उनको भविष्यको चिन्ता नराखी टंकले पैसा कमाउने केटो मात्र बनाउन लागिरहेका छन् । यसतर्फ बेलैमा सबै सचेत हुनुपर्ने भएको छ , असोकको पछि न पढाई हुन्छ न त साँगीतिक ज्ञान नै ।

असोकको क्रेजलाई पैसामा मात्र युज गर्नु असोकको भविष्य माथि खेलवाड हो । अहिले असोकले टंकको कारण अध्ययनमा समय दिन पाईरहेका छैनन् । एकदिनलाई भन्दै उनले काठमाडौंमा लगेर पढाईबाट बन्चित गराएका छन् । भने खाली समयमा पनि साँगीतिक सेन्डिकेट लादेका छन् ।

वयस्कमा सही र गलत छुट्याउने क्षमता हुन्छ । तर, आठ वर्ष टेक्दै गरेको बालकलाई यति धेरै पछ्याउँदा अनि अतिरञ्जित गर्दै उनका गतिविधि सार्वजनिक हुँदा व्यक्तित्व निर्माणमा मात्र होइन, मानसिक रूपमै तनाव हुन्छ ।

“सामाजिक सञ्जालमार्फत अशोकको प्रतिभा बाहिर आयो, अरूले थाहा पाए । यो सुखद पक्ष हो,” अशोकको युट्युब ट्रेन्डलाई नियालिरहेकी बालमनोविज्ञ नन्दिता शर्मा भन्छिन्, “तर त्यसलाई अनावश्यक प्रचारबाजी गर्दा प्राप्त उपलब्धि पनि गुमेर मनोविज्ञान असर पर्छ । त्यस्तै संकेत देखापर्न थालेको छ । उनलाई उचित गाइडेन्सको अभाव देखिन्छ ।”
एकोहोरो ‘वाहवाही’ ले चाहिनेभन्दा बढी आत्मविश्वास बढाउने र नकारात्मक प्रतिक्रियाले निराशामा फसाउने शर्माको भनाइ छ ।

अशोक काठमाडौँ आएको तेस्रो दिन नै गीत रेकर्ड गराइएको थियो । स्टुडियोमा गीत अभ्यास गरेको भिडियो उनले आफ्नो युट्युब च्यानलबाट अपलोड गरे र यहीँबाट उनको आलोचना सुरु भयो । संगीतकर्मी अंकितबाबु अधिकारीले त यसलाई अशोकमाथिको सास्तीकै संज्ञा दिएका छन् । मनोविज्ञ तथा बाल अधिकारकर्मी बच्चालाई ‘सेन्सेसन’ बाट टाढा राख्नुपर्ने बताउँछन् । बालापनमा रमाउन दिनुपर्छ । अनावश्यक प्रचार र वाहवाहीबाट टाढा राख्नुपर्छ । अन्यथा, आत्मविश्वास पनि गुम्छ ।

बाल अधिकारकर्मी मधु दवाडी भन्छन्, “शारीरिक वृद्धि र सांस्कृतिक विकासभन्दा बढी काम लगाउनु वा प्रोजेक्सन गर्नु पनि एक खालको सामाजिक र मानसिक शोषण नै हो । यहाँ त व्यापारिक उद्देश्यका लागि बच्चाको दुरुपयोग गरेको छनक मिल्दैछ ।”

https://www.youtube.com/watch?v=tFKdCZo3ZSc&feature=youtu.be



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved