ताजमाथि बाजी मार्ने अनुपमाको सपना

  • प्रकाशित मितिः फाल्गुन, 21, 2074
  • पहिलो किताब संवाददाता

विराटनगर / मिस नेपाल २३ औं संस्करणमा अन्तिम २५ मा छनौट हुन सफल विराटनगरकी अनुपमा बाँस्तोला ताजमाथिको बाजी मार्ने सपनामा रहेकी छिन् ।

दुईसय ३१ प्रतिष्पर्धीबीचबाट २५ जना भित्र पर्न सफल बास्तोला युवाहरुको सहयोग र सद्भावबाट मिस नेपालको ताजमाथि बाजी मार्ने योजना रहेको बताउँछिन् ।

युवाबीच लोकप्रिय अनुपमा सामाजिक अभियान्ताको छविले विराटनगरमा चिनिन्छीन् । सचेतनामुलक कार्यक्रम आयोजना गर्नेदेखि त्यसको नेतृत्व प्रदान गर्नै सकारात्मक समाज निर्माणको पक्षमा वकालत गर्नु बास्तोलाको सामाजिक प्रतिभा मानिन्छ ।

हामी युवा नामक संस्थाको कोषाध्यक्ष, युथ फर ब्लड नामक संस्थामा रहेर स्वय्सेवीको जिम्मेवारी बास्तोलाले निभाएको दाबी गर्छिन् । सञ्चारमाध्यममा अनुभवी २१ वर्षीया बाँस्तोलाले पत्रकारीता विषयबाट स्नातक अध्ययन गरेको बताउँछिन् ।

चारवर्ष अगाडी पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बास्तोला सन् २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधी जित्न सफल भएकी थिइन् । निरन्तर मोडलिङ पेशामा सक्रिय बास्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा सहभागी भईसकेकी छिन् ।

लियो क्लव अफ विराटनगर इनोभेटिभको अध्यक्ष समेत बनिसकेकी बास्तोला मिस नेपाल २०१८ को ताज पहिरिने दाबी गर्छिन् । आफुँ मिस नेपाल हुन सफल भए सामाजिक सचेतनाको अभियानमा लागिरहने बास्तोलाको भनाइ छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved