विवाह मण्डपमै बेहुलीमाथि कुटपिट , ५ जना पक्राउ

  • प्रकाशित मितिः पुष, 10, 2075
  • पहिलोकिताव संवादताता

तेह्रथुम / फेदाप गाउँपालिका–३, जलजलेकी प्रतिक्षा सम्बाहाम्फेको विवाह भइरहेको बेला बेहुलीकौ घरमा आएर स्थानीय युवाहरुको समूहले आक्रमण गरेका थिए ।

युवाहरुको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे, बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाइते भएका छन् ।

कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विवाहमा कुटपिट गर्ने दिनेश लिम्बु, सुदीप लिम्बु ,सरोज लिम्बु, मन्दीप लिम्बु र ओमन लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण गौतमले बताएका छन् ।

बेहुली माथि के कारणले कुटपिट भएको हो, सो भने अहिलेसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved