धर्ति छोड्नु पर्छ भन्ने भनाई उखान र टुक्कामा सिमित बन्दैं

  • प्रकाशित मितिः आश्विन, 31, 2075
  • तुलसीराम धमला

तेह्रथुम / नेपाली समाजमा दशैंको अवसरमा पिङ थाप्ने प्रचलन रहेपनि पछिल्लो समय पिङ लोप हुने अवस्थामा पुगेको छ । बिगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै पिङ खेल्ने गरीए पनी आज भोली लिङ्गे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा पुगेको छ ।

जल्दा – बल्दा युवाहरु वैदेशिक रोजगारीमा गए सगैँ गाउँमा जनशक्तीको अभाव हुदै जानाले पनि पिङ थाप्ने प्रचलन खच्कीएको आठराइ गाउँपालिका वडान ७ साविक थोक्लुङ्ग ८ का ७५ बर्षिय लक्ष्मी प्रसाद बजगाँईले वताएका छन् । रहर धेरै छ आफु बुढो भईयो सकिदैन रहर भएर मात्र के गर्नु – उनले भने ।

दशैंको बेला पिङको माध्यमबाट एक्कै छिन धर्ती छोड्नु पर्छ भन्ने पुरानो मान्यता बिस्तारै उखान र टुक्कामा मात्र सिमित बन्दै गएको छ । पहिला दशैँ नजिकीए सगै गाउँ घरमा पिङ थाप्ने प्रतिस्पर्दा चल्थो छुट्टै रौंनक देख्न सकिन्थो तर अहिले तेस्तो छैन । अहिले कमै मात्रामा पिङहरु देख्न सकिन्छ ।

पिङगको लठ्ठको लागि जङ्गलबाट बाबियो खोजेर ल्याइ सबै जना जम्मा भएर लठ्ठा बाटेर पिङ लगाउने चलन थियो । अहिले पिङगका लागि चाहिने बाबियो जङ्गलमा कम मात्रामा पाउनु, युवा पुस्तामा पिङको लठ्ठा बाट्ने सिप हस्तानतरण नहुनाले पनि पिङ लगाउन समस्या भएको छ ।

पछिल्ला पुस्तका युवाहरु परम्परागत संस्कार सँस्कृतिलाई जगेर्ना गर्नु भन्दा पनि आधुनिक मनोरन्जनका विकल्पहरु रोज्नाले पिङग जस्तो मौलिक मनोरञ्जनको माध्यम ओझेलमा परेको हो । आधुनिकताको नाममा यस्ता मैलिक परम्पराहरु हट्दै जाने हो भने भावि पिडिको लागि पिङग इतिहासमा मात्र सिमित रहने सरोकार वालाहरुको भनाइ रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved