नयाँ भारत बनाउने ३० वर्षमुनिका ३० हस्ती- यस्तो छ, फोर्ब्स इण्डियाको सूची

  • प्रकाशित मितिः माघ, 26, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/  भारतको प्रतिष्ठित बिजनेश म्यागजिन फोर्ब्स इन्डियाले ३० वर्षभन्दा कम उमेरका ३० भारतीय नागरिकको नाम सार्वजनिक गरेको छ । फोर्ब्सले उनीहरुलाई नयाँ भारत बनाउने ३० जनाको संज्ञा दिएको छ । 

फोर्ब्स इन्डियाले यो लिस्टमा मूर्तिकार साहिल नायक, क्षितिज मारवा, रंजन बोरडोली, गौरव मुंजाल, रोमन सैनी, हिमेश सिंह तथा रोहित राम सुब्रमण्यन, जसप्रीत बुमराह, भूमि पेडनेकर समेत ३० व्यक्तिको नाम समावेश गरेको छ । 

फोर्ब्सले १५ विधालाई समावेश गरेर यो सूची बनाएको हो । यो लिष्टमा डिजाईन, इ कमर्स, मनोरञ्जन, फेसन, म्यूजिक, कला, इन्जिनियरिङ, शिक्षा, मेडिकल लगायतका विधाका व्यक्ति समावेश छन् । 

विभिन्न क्षेत्रबाट यसमा समावेश रहेका व्यक्तिमा साहिल नाइक, क्षितिज मारवा, रंजन बोरडोली, गौरव मुंजाल, रोमान सैनी, हिमेश सिंह, रोहित रामासुब्रमनियन, करन गुप्ता, हिमेश जोशी, अर्जित गुप्ता, अभिनेत्री भूमि पेडनेकर, मिथिला पालकर, अभिनेता विक्की कौशल, ऐलेन अलेक्सेंडर कलीकल, सुहानी पारेख लगायत रहेका छन् ।

त्यसैगरी अभिनव पाठक, आदित्य शर्मा, चिराग छाजेर,श्रद्धा भंसाली,सतीश कन्नान, दीपांजलि डालमिया,.गौतम भाटिया,जुबीन नौटियाल,अंकित अग्रवाल, जान्हवी जोशी,रोहन एम गणपति,मनोज मीणा, विदित आत्रे, पवन गुप्ता,जसप्रीत बुमराह, हरमनप्रीत कौर,सविता पुनिया, हीना सिद्ध, तरुन मेहता, जीत प्रताप सिंह रहेका छन् । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved