‘विवेक गुमायो, विवेकशील साझाले’

  • प्रकाशित मितिः माघ, 10, 2074
  • पहिलो किताब संवाददाता

विवेकशील साझा पार्टीले माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसलाई मत दिने भएपछि यो पार्टी जनस्तरमा आलोचित बनेको छ । पार्टीले जनताको भरोसा विश्वासलाई फेरि पनि कांग्रेसमा लगेर विलय गराएको छ ।

प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उमेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको छ । स्थानीय निर्वाचनमा छुट्टाछुट्टै चुनाव लडेका विवेकशील र साझा पार्टी एक भएर प्रतिनिधि र प्रदेश सभा चुनाव लडे । स्थानीय तहमा एक सिट पनि नजितेको विवेकशील साझाले तीन नम्बर प्रदेशमा तीन सिट जित्यो । राजधानीका जनताले पार्टीको आस्वासन र विश्वासलाई मत दिए । यद्यपि अहिले आएर पार्टी आलोचित बनिरहेको छ । सामाजिक संजाल र समाचारका कमेन्ट बक्समा पार्टीको निर्णयप्रति रोष प्रकट हुन थालेको छ ।

पार्टीले सामाजिक संजालमा व्यांग्यात्मक बधाइ पाइरहेको छ । ‘विवेकशील साझाको पनि हैसियत अर्को चुनावसम्म कांग्रेसमा विलय हुने लक्षण बधाइ छ जनताले तपाईंहरूलाई राम्रै सोचेका थिए थिग्रनु थियो भने जनतालाई यो सम्मको थोत्रो भाषण नदिंदै राम्रो हुने थियो कि जस्तो लागेर आयो !’ एकजना सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन् ।

सामाजिक संजालको साहारामा व्यापक प्रचार प्रसारमा उत्रिएको यो पार्टी युवाहरू माझ लोकप्रिय पनि थियो । पहिले पत्रकारिता गरेका रवीन्द्र मिश्र र युवा नेतृत्व उज्ज्वल थापाबीच पार्टी र विचार मर्ज भएपछि नाम जोडिएर पार्टी उदय भयो । लाखौं युवा पुराना पार्टी र नेतृत्वका पुरानै ताल देखेर यी पछि दौडिए । आज तिनै नेताले कांग्रेसलाई समर्थन गरेको बुझेपछि युवा जोस सामाजिक संन्जालमा पोखियो ।

एकजना सामाजिक संजाल प्रयोगकर्ता लेख्छन्, ‘साझाको सक्कली रूप पनि देखिंदैछ जुन दलले देशलाई यो हालतमा पुर्यायो बेथितिको अवस्थामा ल्यायो उसैलाई मत दिनु भनेको दिनको संकेत बिहानीले गर्छ भने झैं हो ।’

जति यो पार्टीका समर्थक थिए वा पार्टीलाई राम्रो होस् भन्थिए, ती प्रायः निराश बनेका छन् । हजारौंले सामाजिक संजालमा पार्टीको कदम प्रति समर्थन गरेका छैनन् ।

यद्यपि विवेकशील साझाकै प्रस्तावमा कांग्रेसले राधेश्याम अधिकारीलाई उमेदवार बनाएकाले राष्ट्रिय सभामा कांग्रेसलाई मत दिने तर्क गरेको छ । राजनीतिमा समर्थन, विरोध, पक्षपोषण, आस्था परिवर्तन सामान्य कुरा लाग्छन् । तर पनि अग्रगामी परिवर्तन, सोच परिवर्तनको मार्गमा आफूलाई उभ्याएर अघि बढेको युवाहरुको भरोसाको पार्टी बन्ने प्रयास गरिरहेको विवेकशील साझा पार्टीले निर्णय गर्दा अग्रगामी सोचअनुसार अघि बढ्नुपर्ने अवश्यै हुन्छ ।

युवा पुस्ताको विश्वास, आशा र भरोसामा आफूलाई उभ्याइरहेको पार्टीले पुरानो प्रवृत्तिको पक्षपोषण गर्नु नयाँ विचार बोक्नेमाझ कदापि स्वीकार्य हुँदैन । तसर्थ यी सबै कुरालाई मनन् गरेर पार्टीका नेतृत्व अघि बढ्नु पर्ने हुन्छ । एक सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन् ।, ‘विवेक गुमायो विवेकशील साझाले’ । वास्तवमै विवेकशील साझाले विवेक नगुमाओस् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved