पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु

  • प्रकाशित मितिः भदौ, 5, 2076
  • पहिलो किताब संवाददाता

पर्वत / पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ । बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो ।

पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो ।

बिहान ६ बजेतिर घर पहिरोले पुरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पहिरोको खबर पाएसँगै प्रहरी प्रमुख अर्याल, सांसद पदम गिरि, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली घटनास्थलमा पुगेको थियो।

मृतक चालिसेका २ छोरा बाहिर रहेको र श्रीमती बुधबार छोरीको घरमा गएका कारण अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। वर्षा भइरहेका बेला घरभन्दा माथि रहेको सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved