मन्त्री लालबाबु पण्डित माथि आक्रमणको प्रयास, अंगरक्षकले सकुशल जोगाए

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित माथि आक्रमणको प्रयास भएको छ । मन्त्रीलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर आक्रमणको प्रयास गरेका हुन् । मन्त्रीलाई युवाहरुले दुर्व्यवहार गरेका छन् ।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका छन्। शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्न पुगेका मन्त्री पण्डितलाई अपमान गरिएको छ ।

भित्र बैठक चलिरहेका बेला कालोझण्डा लिएर प्रदर्शनमा उत्रिएका युवाहरुले मन्त्री पण्डितलाई दुब्र्यवहार गरेका हुन् । बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved