कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त ६ बर्षपछि पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 15, 2075
  • पहिलो किताब संवाददाता

ताप्लेजुङ / कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रहेका छन् ।

विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए ।

सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकामा बालिकाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई छ महीनापछि सोही घाउचोटकै कारण मृत्यु भएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा परिणत भएको थियो ।

केदेमलाई लुकीछिपी बसेको अवस्थामा मङ्गलबार पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved