उपप्रधानमन्त्री ईश्वर पोख्रेरलले “राष्ट्रिय शिखर कृषक अवार्ड” प्रदान गर्ने

  • प्रकाशित मितिः भदौ, 25, 2076
  • पहिलो किताब संवाददाता


काठमाडौँ/ कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” यहि भदौँ २८ गते प्रदान गरिने भएको छ ।

“शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान” भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहका विच  नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गर्नेछन् । कार्यक्रम दिउसोँ २ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।
कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान सबैको तयारी पुरा भएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताउनु भयो ।
जसका लागि कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेश बाट उत्कृष्ट ५÷५ जना कृषकहरुको नामावली यसअघि नै सार्वजनिक  गरिएको थियो ।
एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको खनालले बताउनु भयो  ।
“मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ अध्यक्ष खनालले भन्नुभयो, । मुलुकका सात वटै प्रदेशबाट ५÷५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ । ”
राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले बताउनु भयो ।
सोही दिन “राष्ट्रिय शिखर अनर अवार्ड–२०७६” बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
शिखर नेपाल २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved