सुनसरीमा प्रहरीको नयाँ कार्यालय भवन शिलान्यास

  • प्रकाशित मितिः फाल्गुन, 27, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ ।

रु छ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै शिलान्यास गरे ।

हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत नयाँ भवन निर्माणका लागि निकै अघिबाट पहल थालिएको थियो । २०७६ माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।

कार्यक्रममा प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणमको नारालाई आत्मसात् गर्दै कर्तव्य निष्ठ भई इमान्दारिताका साथ कार्यसम्पादनमा जुटेकोे प्रहरी सङ्गठनलाई कोही कसैले बदनाम गराउन खोज्छ भने त्यो सहैय नहुने धारणा राखे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved