लायन एयरको १८९ जना सवार विमान समुद्रमा खस्यो : यात्रु र विमान बेपत्ता

  • प्रकाशित मितिः कार्तिक, 12, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी / इन्डोनेसियाबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन एयरको एउटा बोइङ विमान दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको छ।

२१० जना यात्रु क्षमता भएको उक्त विमानमा १८९ जना सवार छन्। उडेको १३ मिनेटपछि सो विमानको विमानस्थल कन्ट्रोल कक्षसँग सम्पर्क बिच्छेद भएको थियो।

फ्लाइट जेटी ६१० रहेको विमान जाभा क्षेत्रको समुन्द्रमा खसेर दुर्घटनाग्रस्त भएको हो। लायन एयर इन्डोनेसियाको सस्तोमा सेवा प्रदान गर्ने कम्पनी हो।

इन्डोनेसियाका सञ्चर माध्यमका अनुसार जाभा क्षेत्रमा दुर्घटना भएको विमानका यात्रुका सामग्रीहरु भेटिए पनि सो विमान अझै भेट्न सकिएको छैन। उक्त विमानको खोजी जारी रहेको छ।

विमान दुर्घटना भएको भनिएको स्थान नजिकैको तान्जुङ प्रिओकस्थित बन्दरगाहका अधिकारीले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावेशष देखेको जनाएका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved