‘राधा २’ मा आयुष्मान र प्रियंकाको जोडी पक्का

  • प्रकाशित मितिः आश्विन, 14, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / वास्तविक जिवनमै जोडी रहेका आयुष्मान देशराज जोशी र प्रियंका कार्की अब फिल्ममा पनि जोडीको रुपमा देखापर्ने भएका छन् ।

प्रेम समबन्धमा रहेको खबर बाहिरिएदेखि धेरै मेकर्सले प्रियंका र आयुष्मानलाई लिएर फिल्म निर्माण गर्ने सोच बनाइरहेका छन् । केही फिल्म यी दुईले सँगै पनि गरे । हाल यो जोडीले अभिनय गरेको फिल्म कथा काठमाण्डू प्रदर्शन भइरहेको छ ।

फेरि एकपटक यो रियल जोडीलाई एक नयाँ फिल्मलाई देख्न पाइने भएको छ । योगेश घिमिरेले निर्देशन गर्ने फिल्म ‘राधा २’ मा प्रियंकाको जोडी आफ्नै प्रेमी आयुष्मानसँग बाँधिने पक्का भएको छ ।

कथाको मागअनुसार आयुष्मानलाई फिल्ममा लिएको घिमिरेले बताए । उहाँहरु प्रेममा हुनुहुन्छ भनेर जोडी बाँधेका होइनौं । म्यूजिकको रेन्स आयुष्मानभन्दा मैले अरुमा देखिनँ । यसैले उहाँलाई लिएका हौं निर्देशक घिमिरेले भने ।

ुराधाु को पहिलो श्रृंखलामा अभिनेत्री सञ्चिता लुईँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा थिए । कथाले नयाँ पात्रको डिमान्ड गरेका कारण पुरानो जोडीलाई दोहोर्‍याउन नसकेको निर्देशकको भनाई छ । ‘राधा २’ को कात्तिक ८ गतेबाट छायांङ्कन सुरु हुँदैछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved