सुन तस्करी : थप ३ सय जनामाथि अनुशन्धान गर्न सिफारीस

  • प्रकाशित मितिः श्रावण, 11, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करीमा संलग्न उर्लावारीका शनम शाक्यको हत्यापछि सुरु भएको सुन तस्करीको छानविन सकिएसँगै छानविन समितिले तस्करीमा संलग्न रहेका थप ३ सय जनामाथि अनुुशन्धान गर्न सरकारलाई सिफारीस गरेको छ ।

शाक्यकोे हत्या पछि सार्वजनिक भएका तथ्यका आधारमा गृहमन्त्री राम बहादुर थापााको सकृयतामा बनाईएको सह–सचिव ईश्वरचन्द पौडेल नेतृत्वको छानविन समितिले थप २ सय ९३ जनामाथि अनुशन्धान गर्न सरकारलाई सिफारीस गरेको हो ।

छानविन समितिको सयम अवधि सकिएकाले थप व्यक्ति माथि अनुशन्धान र कारवाही अघि बढाउन समितिले तयार पारेको प्रतिवेदनमा सुझाव दिईएको छानविन समितिका एक सदस्यले जानकारी गराएका छन् ।

छानविन समितिले अनुशन्धानका क्रममा पक्राउ परेकाले दिएको बयानमा सुन तस्करीको व्यवसायिक साँझेदार देखिएका र गिरोहमा संलग्न रहेको देखिएका माथि थप अनुशन्धान र कारवाही अघि बढाउन प्रतिवेदनमै सुझाव दिईएको बुझिएको छ ।

छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रहरी र सरकारवाट थप अनुशन्धान टोली बनाएर अनुशन्धान गर्न समेत सुझाव दिएको बताईएको छ । छानविन समितिले दुबईमा पक्राउ परेका सुन तस्करीका नाईके भनिएका गोरे भनेर चिनिने चुणामणि उपे्रतीका भाई रमेश उपे्रती र गोरेकै मुख्य सदस्य भनिएका बेणुु श्रेष्ठ पक्राउ परिसकेकाले उनिहरुको बयान पछि थप व्यक्तिको पहिचान हुने समेत प्रतिवेदनमा उल्लेख गरेको स्रोतले जानकारी गराएको छ ।

छानविन समितिले तयार पारेको ७ सय ५० पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करी , हुण्डि र अवैध धनका विषयमा अनुशन्धान अनि कारवाहिका लागि स्थायी निकाय खडा गर्न समेत प्रतिवेदनमा सुझाव दिएको छ । प्रतिवेदनमा अर्को स्थायी निकाय बनाउन नसकेको अवस्थामा प्रहरी भित्रकै संरचना उपयोग गरी अनुशन्धान अघि बढाउन समेत सुझाव दिईएको छ ।

उर्लावारीका सनम शाक्यको हत्यापछि प्रहरी भित्रकै फरक–फरक दावी अनि धरानमा भेटिएको शवलाई विराटनगर पुर्याएको विषय पहिलो किताब डटकमले वाहिर ल्याईदिएपछि सुुन तस्करीको विषय पेचिलो बनेर सतहमा आएको थियो ।

तत्कालिन प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायको पहलमा त्यसपछि प्रहरी प्रधान कार्यालयले अवकाशको मुखमा रहेका डिआईजी पुष्कल रेग्मीको नेतृत्वमा बनाएको छानविन समितिले पनि विमानस्थलवाट आएको सुनलाई केरुङवाट आएको बनाउने गरी प्रचार गरीरहेको समाचार पहिलो किताब डटकम मार्फत नै सार्वजनिक भएपछि गृहमन्त्री राम बहादुर थापा बादलको सकृयतामा सरकारी छानविन समिति बनेको थियो ।

सरकारी छानविन समितिले १ सय २ दिन लामो अनुशन्धान गरी चार दशक भन्दा वढि समय देखि भईरहेको संगठित सुन तस्करीको जालो खोतल्न सफलता हात पारेको थियो ।
समितिले शनम शाक्य हत्या र सुन तस्करीको अनुशन्धान गरी ७५ जनाविरूद् मुद्दा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

दुई छानविन समितिले एक सय दुई दिन लामो अनुशन्धान पछि तस्करीमा संलग्न सबैको पहिचान गर्न सकेको भएपनि ठोस प्रमाण र समय अभावका कारण कारवाहि अनि मुद्दा चलाउन नसकेकाले प्रतिवेदनमा थप २ सय ९३ जनामाथि अनुशन्धान र कारवाहि अघि बढाउन भनेको छानविनमा संलग्न अधिकारीले जानकारी गराएका छन् ।

फरार र दुबईमा पक्राउ परेकाबाट थप व्यक्तिको पहिचान समेत खुल्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रतिवेदनमा थप अुनशन्धान र कारवाही जरुरी रहेको सुझाव समेटिएको छानविन समितिका एक सदस्यले पहिलो किताब डटकमलाई जानकारी गराएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved