यो शताब्दिकै लामो खग्रास चन्द्र ग्रहण लाग्दै

  • प्रकाशित मितिः श्रावण, 11, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / यो शताब्दिकै लामो पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दैछ । यो ग्रहण ३ घन्टा ५५ मिनेट रहने छ ।नेपाली समय अनुशार रातको १२ बजेर ९ मिनेटमा स्पर्श हुन्छ र रातको १ बजेर २५ मिनेटदेखि खग्रास चन्द्रग्रहण सुरु भई रातको २ बजेर ८ मिनेटमा मध्य हुदै २ बजेर ५९ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण १२ गते बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । खग्रास चन्द्रग्रहणको अवधि १ घण्टा ४४ मिनेटको हुनेछ ।

रातिको समयमा ग्रहण लाग्ने भएपनि दिउँसो ३ बजेर ९ मिनेट देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।

एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया, लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १०० वर्षपछि आएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved