कस्ता मानिसहरू लामखुट्टेकाे राेजाइमा पर्छन् ?

  • प्रकाशित मितिः श्रावण, 1, 2075
  • पहिलोकिताव संवादताता

लामखुट्टेले  जोकोही लाई पनि हैरान बनाउछ । यसको टोकाइमा जोकोहि पनि पर्न सक्छन् । कसैलार्इ लामखुट्टेले धेरै नै टोक्छ भने कसैलार्इ कम ।एक अध्ययनअनुसार विशेषगरी यस्ता मानिसहरू लामखुट्टेको टोकाइमा पर्छन् ।

गर्भवती महिला

गर्भवती महिलाले कार्बन डाइअक्साइड धेरै फाल्ने गर्छन्, जसले लामखुट्टेलाई आफूतिर खिच्ने गर्छ । गर्भवती अवस्थामा लामखखुट्टेका कारण उत्पन्न हुने जिका भाइरसले प्रजनन्सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ ।

व्यायाम गर्नेहरू

दौडेपछि होस् वा केही शारीरिक व्यायामपछि, लामखुट्टेले अत्यधिक टोक्ने गर्छ । ल्याक्टिक एसिडप्रति लामखुट्टे बढी आकषिर्त हुन्छ । र, ल्याक्टिक एसिड यस्तो तत्व हो, जुन व्यायाम गरेपछि शरीरबाट स्वतः उत्पादन हुन्छ ।साथै, उक्त एसिड लामखुट्टेको प्रमुख रोजाइमा पर्ने फ्लोलिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको भनाइ छ ।

मदिरा सेवनकर्ता

स्वास्थ्यसम्बन्धि विज्ञहरुका अनुसार लामखुट्टको रोजाइमा पर्ने अर्को समूह भनेको मदिरा सेवनकर्ताहरु हुन् । मदिराको सेवनका कारण शरीरको तापक्रम अचानक बढ्ने गर्छ, जसले लामखुट्टेलाई आकषिर्त गर्छ ।

‘ओ’ रक्तसमूहका मानिस

विभिन्न अध्ययनबाट ‘ओ’ रक्तसमूह भएका मानिसलाई अन्य रक्तसमूहको तुलनामा लामखुट्टले बढी सताउँछ । जबकी ‘ए’ रक्तसमूह भएका मानिस लामखुट्टेको रोजाइमा सबैभन्दा कम पर्ने गर्छ ।

त्यसैले, यदि तपाईंहरुमध्ये कोही लामखुट्टेको टोकाइमा पर्ने जोखिममा हुनुहुन्छ भने बेलामै विचार पुर्‍याउनुहोस् । अन्यथा, लामखुट्टेको टोकाइका कारण हुने विभिन्न रोगको संक्रमणमा तपाईं पनि पर्नसक्नु हुन्छ ।

लुगाको रंग

फ्लोरिडा विश्वबिद्यालयकै अनुसन्धानकर्ताहरुका अनुसार लामखुट्टे विशेषगरी रातो, कालो र गाढा निलो रंगप्रति बढी आकषिर्त हुने गर्छ । यस अर्थमा लामखुट्टेमा सुँध्ने शक्ति मात्र होइन, दृष्टि पनि बेजोडकै हुन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved