युरो कप छनोट : लिथुनियामाथि पोर्चुगलको फराकिलो जित

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ युरो कप छनोट खेलमा पोर्चुगलले लिथुनियामाथि फराकिलो जित निकालेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको तेस्रो छनौट खेलमा पोर्चुगलले लिथुनियालाई उसकै घरमा १–५ ले हरायो ।

पोर्थुगलको जितमा रोनाल्डो नायक बने । उनले टिमका लागि चार गोल गरे । खेलको सातौं मिनेटमै रोनाल्डोले पेनाल्टी गोलबाट अग्रता दिलाएका थिए । बक्समा लिथुनियाका खेलाडीले ह्यान्ड बेल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरेका थिए । रोनाल्डोको सो गोल अन्तर्राष्ट्रिय फुटबलमा ९०औं गोल थियो ।

तर, खेलको २८औं मिनेटमा लिथुनियाले गोल फर्कायो । उसका लागि कर्नर किकमा भ्याटाउटासले हेडिङ गोल गर्दै खेल १–१ बनाएपछि पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफको खेलको ६१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा ६५औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको ह्याट्रिक गोल निकै आकर्षक थियो । बर्नान्डो सिल्भाको पासमा उनले वान टचमै गोल गरेका थिए ।

उनको दोस्रो गोल लिथुनियाका गोलकिपरको गल्तीले लागेको थियो । रोनाल्डोको कडा प्रहार उनले रोक्न खोज्दा आफ्नै शरीरमा लागेर पोस्टमा छिरेको थियो ।

त्यसपछि रोनाल्डोले खेलको ७६औं मिनेटमा सिल्भाको क्रस पासमै बडा सुन्दर प्रहारमा व्यक्तिगत चौथो गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा विलियन कार्भाहालोले गोल गरेपछि खेल पोर्चुगलले १–५ ले जितयो ।

अब यो जितपछि पोर्चुगल समूह ‘बी’मा ८ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । एक खेल बढी खेलेको युक्रेन १३ अंकसहित शीर्ष स्थानमा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved