महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस रोकेर आगजनी

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

नवलपरासी / महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस रोकेर अज्ञात समुुहले आगजनी गरेको छ। 

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो। बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् ।

आगजनीबाट बसमा लाखौंको क्षती भएको छ। थप बिवरण आउन बाकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गन्तव्यमा गइरहेको सवारीलाई रोकेर कस्ले कुन प्रयोजनको लागि आगजनी गर्यो खुल्न सकेको छैन्।आगजनी पछि यात्रुहरू भने डरमा देखिएका थिए।

आगजनी कसले किन गर्यो भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved