ट्राफिक प्रहरीकै गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

  • प्रकाशित मितिः श्रावण, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / ट्राफिक प्रहरीको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले गएराति ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु भएको हो। गएराति कोटेश्वरको आकाशे पुल नजिकै ट्राफिक महाशाखाको बा१झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए।

राति साढे १० बजे एक पुरुषलाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान ट्रमा सेन्टरमा ज्यान गएको हो। उनको परिचय खुल्न सकेको छैन। ड्युटीमा खटिएका प्रहरीलाई लिएर उक्त गाडी कोटेश्वर पुगेको थियो। प्रहरीले ठक्कर दिने ट्राफिकको गाडी र चालक विनोदकुमार रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved