बिपी प्रतिष्ठानबाट नवजात शिशु चोरी, दुई जना पक्राउ

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

सुुनसरी / अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बूलाई पक्रिएको हो ।

प्रतिष्ठानबाट १३ दिने शिशु हराएपछि प्रहरीले चारैतिर खोजी अभियान चलाएको थियो । प्रहरीले अपहरणमा परेका नवजात शिशुको तीन घन्टामै उद्धार गरेको हो । भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोरालाई धरान १५ माइती भई भारतको नयाँदिल्ली बस्ने २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू विकले अपहरण गरेको प्रहरीले बताएको छ ।

उनीहरुलाई हराएको बच्चा सहित पक्राउ गरिएको हो । अपहरित नवजात शिशुलाई उनीहरु भारत लैजाने तयारी गरेका थिए । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको बयान दिएकी छन् ।

उनीहरुले शंकाबाट जोगिन विरामी कुरुवाको नाटक गरेका थिए । अस्पतालमा आमा बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुईजना महिलाले नवजात शिशुको अपहरण गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved