विश्वकै पहिलो तैरिने दुई डेरी फर्म सञ्चालनमा

  • प्रकाशित मितिः असार, 23, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / नेदरल्यान्डको रोटरडाममा विश्वकै पहिलो तैरिने दुई डेरी फर्म सञ्चालनमा आएको छ । बन्दरगनाहमा बनेको उक्त फर्ममा ४० गाई पाल्न सकिनेछ । तर, अहिले भने ३५ गाई राखिएको छ । जसमा हरेक दिन ८०० लिटर दूध जम्मा हुन्छ । डच प्रोपर्टी कम्पनी ‘बेलाडोन’ ले सञ्चालनमा ल्याएको फर्मको मुख्य उदेश्य शहरमा दूधको आपूर्ति पूरा गर्नु हो ।

फर्म बन्दरगाहमा भएको हुनाले उत्पादित खाद्यवस्तु उपभोक्तालाई आपूर्ति गर्न सहज बनेको छ । संयुक्त राष्ट्रका फूड एवं एग्रीकल्चर अर्गनाइजेशन प्रमुख डा. फेन्टन वीडले शहरी फर्मको खाद्यको गुणस्तर राम्रो हुने र त्यसमा कम पानी , फर्टिलाइजर को प्रयोग हुने बताए ।

डेरी फर्मका जनरल म्यानेजर अल्बर्ट वेरसनले गाईको ८० प्रतिशत भोजन रोटरडमको फूड फ्याक्ट्रिबाट निस्कने उत्कृष्ट उत्पादन हो । रेष्टुरेन्ट , क्याफेहरुमा पनि डेरीको उत्पादित खाद्यवस्तुको माग हुने गर्दछ । सोलार प्यानलको सहायता बाट फर्म आफ्नो बिजुली आफै उत्पादन गरेको छ । र फर्ममा निस्कने गोबरको ग्याँस बनाउनमा प्रयोग भएको छ ।

 

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved