बस दुर्घटना : २९ जनाको मृत्यु, दर्जनौं घाइते

  • प्रकाशित मितिः असार, 23, 2076
  • पहिलो किताब संवाददाता

लखनऊ/ भारतको उत्तरप्रदेशस्थित यमुना एक्सप्रेसवे मा शनिबार बिहानै बस अनियन्त्रित भई खोलामा खस्दा २९ जनाको मृत्यु भएको छ ।

भास्कर दैनिकका अनुसार, घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल लगिएको छ ।

घटना उत्तरप्रदेशको आगराबाट ९ किलोमिटर दूरीमा रहेको एत्मादपुरमा भएको थियो ।
मृतकहरुमा २८ जना पुरुष र २ जना महिला रहेका छन् ।

जनरथ सेवाको बस लखनउबाट दिल्लीतर्फ जाँदै गरेको थियो । बसमा ५० बढी यात्रु रहेका थिए । क्रेनको मद्दतले बसलाई खोलाबाट निकालिएको छ ।

तीब्र गति र चालक उँघेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved