आइफा अवार्डबारे खतरनाक प्रस्ताव......!

  • प्रकाशित मितिः असार, 19, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा)को विवाद भएपछि नेपाल सरकार अवार्ड नगर्ने निर्णय गरेको छ । अर्वाडका लागि एक अर्व रुपैयाँ खर्च गर्ने भएपछि विवाद चर्किएको थियो ।

के थियो प्रस्ताव ?

आइफाइको प्रस्तावसम्बन्धी कागजात अनुसार आइफा नेपालमा एक सय दुई घन्टा आयोजना गर्ने भनिएपनि जम्मा ५१ मिनेटमात्र हुने प्रस्तावमा उल्लेख छ ।

सम्झौता असार २५मा अर्थात १० जुलाई २०१९ हुने भनिएको थियो । सांसद राई भन्छन्, ‘त्यो सम्झौता भएको दिन पहिलो किस्ता स्वरुप नेपाल सरकारले रकम तिर्नु पर्ने रहेछ । त्यो दिनको अमेरिकी डरको भाउमा २७ करोड ६४ लाख ५० हजार पहिलो किस्तामा तिर्नुपर्ने रहेछ ।’

दोस्रो किस्ता साउन १६ गते फेरि २७ करोड ६४ लाख ५० हजार पहिलो किस्तामा तिर्नुपर्ने प्रस्तावमा उल्लेखमा रहेको छ ।

४ हजार दर्शक अट्ने मन्च नेपालले नै बनाउनु पर्नेछ । जसका लागि ४४ करोड लाग्ने अनुमान गरिएको थियो । राई भन्छन्, ‘प्रस्ताव अध्ययन गर्दा क्यास तिरेको बाहेक मन्च बनाउने पैसा छुट्टै हुँदोरहेछ । मन्चका लागि आवश्यक सामान फ्रान्सबाट ल्याउनु पर्ने रहेछ ।’

६०० जना कलाकार मध्ये ३०० लाई आउनेजाने भिआईपी टिकट उनीहरुले रोजेको विमानबाट चार्टर गर्नुपर्ने पनि प्रस्तामा उल्लेख गरिएको छ । बाँकी ३२० लाई भने नेपाल बायुसेवाको बिमानमा नर्मल टिकट भएपनि हुने भनिएको छ ।

प्रस्तावमा अरु के– के छ ?
–५ टन कार्गो नेपाल सरकारले गर्नुपर्ने

–१४ सय बेड पाँच तारे होटलमा ब्यवस्था गर्नुपर्ने

–सडक यातायातमा सुपर लग्जरिएस मर्सिटिज वा बिएम डब्लु ७ सिरिजको ४० वटा पाँच दिनलाई दिनुपर्ने । (यो नेपालमा छैन)

–मर्सिटिज इक्लासको वा एमडब्लु ५ सिरिजको ६० वटा कार ७ दिनलाई दिनुपर्ने ।(यो पनि नेपालमा छैन)

–लक्जरियस कोच (ठूलो बस ५२ सिटको) ३ वटा ५ दिनलाई दिनुपर्ने ।

–लगेज भ्यान ६ वटा ७ दिनलाई दिनुपर्ने ।

–सुरक्षाको प्रत्याभूति हुनुपर्ने, नजिक घेरा सुरक्षाका लागि ६० जना । एयरपोट सुरक्षाका लागि १० जना, होटल सुरक्षाका लागि २० जना, कार्यक्रम वरिपरि सुरक्षाका लागि ६० जना ।

–सहर श्रृगारपटारको लागि छुट्टै बजेट ।

–टुँडिखेलको मैदान २० दिनलाई चाहिने ।

–यो कार्यक्रम अवधिभित्र कतै विवाद भएमा कानूनी प्रक्रियामा जानुपरे भारतको मुम्बईको अदालत जानुपर्ने ।

–सम्बन्धित संस्थाको अनुमति बिना नेपाली मिडिया र नेपाल सरकारले कार्यक्रम खिच्न तथा रेकर्ड गर्न नपाउने ।

–कार्यक्रमको कपि राइट र टिकटको पैसा पनि आइफा आयोजकले नै लाने लगायत रहेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved