ताकेरू कोबियाशीः ३० मिनेटमै खान्छन् ३३७ वटा कुखुराका पखेटा

  • प्रकाशित मितिः असार, 19, 2076
  • पहिलो किताब संवाददाता

पिज्जा, हट डग वा गाइको गिदी–उनी जे पनि र जति पनि खान्छन्।

उनी हुन्–ताकेरू कोबियाशी। थोरै समयमा धेरै खाने विश्व कीर्तिमान उनले धेरै बनाएका छन्। 

उनले १२ मिनेटमा ६२ ‘स्लाइस’ पिज्जा र आधा घण्टामा ३३७ वटा कुखुराका पखेटा सजिलै खान सक्छन्। तर, इएसपिएनको ‘थर्टी अन थर्टी’ वृत्तचित्र श्रृंखलाको पर्दामा उनलाई हेर्नु अलि गाहै्र थियो।

एसोसिएटेड प्रेसलाई दिएको पछिल्लो अन्तर्वार्तामा ‘द गुड, द ब्याड, द हङ्ग्री’ वृत्तचित्रमा सहभागी हुन पाउनु गर्वको विषय भएपनि थोरै चिन्तित भएको बताएका थिए।

‘के हुँदैछ मैले ठम्याउन सकेको छैन,’ कोबियाशीले भने। त्यसपछि अनुवादकको सहायताले उनले कारण खुलाए,‘पर्दामा आफूलाई हेर्दा लाज लाग्छ। म हेर्नै सक्दिनँ।’

वृत्तचित्र सुरू भएको छ। त्यसको दुई दिनपछि वार्षिक नेथन्स फेमस इन्टरनेसनल हट डग इटिङ कन्टेस्ट सुरू हुनेछ। यही कार्यक्रमबाट ‘कम्पिटिटिभ इटिङ’ अर्थात् खाने प्रतिस्पर्धाका लागि कोबियाशीले नाम कमाएका हुन्।

वृत्तचित्रले ६ पटकका ‘च्याम्पियन’ कोबियाशी र ११ पटकका वर्तमान ‘च्याम्पियन’ जोइ चेस्टनटबीचको प्रतिद्वन्द्व देखाएको छ। चेस्टनटले सन् २००७ मा कोबियाशीलाई हराएका थिए।

कोबियाशीले १५ वटा विश्व कीर्तिमान बनाएका छन्। उनको शरीरको तौल करिब साढे ५४ किलो छ। खानका लागि उनले गर्ने तयारीबारे यसरी बताउँछन्। ‘पेट फुलाउनलाई मैले केही खानैपर्छ। तर त्यो खाना नै हुनुपर्छ भन्ने छैन। म पानीले प्रशिक्षण गर्छु। त्यसैले खाना खाएर म लामो समय प्रशिक्षण गर्दिनँ। म पेट तन्काउनलाई पानीले प्रशिक्षण गर्दछु।’

प्रतिस्पर्धापछि सामान्य अवस्थामा फर्किन उनलाई तीन दिनजति लाग्छ। ‘म एकदमै गल्छु। सास फेर्न पनि गाह्रो हुन्छ,’ पेट फुल्नाले हुने कठिनाइबारे कोबियाशीले भने। 

‘त्यति धेरै खाएर पेट फुलिदाँ मेरो शरीरका अंगहरू ठाउँ सर्न थाल्छन्। फोक्सो मास्तिर सर्न थाल्छ तर फुल्न सक्दैन। कुनै ठाउँ नै हुँदैन। त्यसैले सास फेर्न गाह्रो हुन्छ। खाने वित्तिकै हुने यो एउटा मुख्य कुरा हो,’ उनले भने।

बिरामी पर्नु अर्काे कुरा हो। तर, मानिसले सोचेजस्तो नहुने उनी बताउँछन्।

‘बिरामी हुनु छ भने, तुरून्तै भइहाल्छु।’ बिना ‘वन’ को हटडग र ‘राइस बल्स’ देखि ‘लब्स्टर रोल’सम्म, प्रतिस्पर्धामा उनले धेरै थोक खाएका छन्। तर सबैभन्दा विचित्र चाँहि गाइको गिदी थियो। उनले आठ किलो तौल बराबर ५७ ओटा गाइको गिदी मात्रै १५ मिनेटमा खाएर देखाए। 

तर, उनलाई सबैभन्दा मन पर्ने एउटा परिकार छ। ‘मलाई हटगड एकदमै मनपर्छ,’ उनले भने।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved