नेतालाई नेपालकै अस्पतालमा उपचारको बन्दोबस्त मिलाउन सांसद्को प्रस्ताव

  • प्रकाशित मितिः असार, 5, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेता र नेतापत्नीलाई नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाएर विदेशमा उपचार गर्न जानु नपर्ने बनाउन प्रस्ताव गरेका छन्। 

आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले जिल्लाका अस्पतालमा स्त्री तथा बाल रोग विशेषज्ञका लागि स्तरीय आवास बन्दोबस्त गराउनुपर्ने तथा जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने बताए।

निजी अस्पतालहरुले अन्तर्राष्ट्रिय स्तरको सेवा दिएजस्तै वीर अस्पताल, धुलिखेल अस्पताल, त्रिवि अस्पताल, पाटन अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार सुविधा दिनका लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग उनले गरेका छन्।  



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved