विपी प्रतिष्ठानद्धारा प्रवेश परीक्षा स्थगित

  • प्रकाशित मितिः असार, 5, 2076
  • पहिलो किताब संवाददाता

धरान  /  यही असार ७ गते सञ्चालन गर्ने तयारीमा रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिए ।

यसअघि दश जोड दुईको नतिजा नआउँदासम्म प्रवेश परीक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो ।

नेपाली विद्यार्थीको सहभागितालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकुलपति रौनियारले जानकारी दिए । तर स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गते नै सञ्चालन हुने उनले बताए ।

एमडी/एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको परीक्षा भने ७ गते शनिबार नियमित हुनेछ ।

प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved